फिल्ममा आफ्नो मोबाइल नम्बर प्रयोग गरेको रिक्सा चालकले हाले नायकबिरूद्व मुद्दा

फिल्ममा आफ्नो मोबाइल नम्बर प्रयोग गरेको रिक्सा चालकले हाले नायकबिरूद्व मुद्दा

  • शुक्रबार, कार्तिक १७, २०७४
  • मिर्मिरे अनलाइन

  • 9.4K
    SHARES

एजेन्सी, कात्तिक १७ । एउटा फिल्ममा नायकले प्रयोग गरेको मोबाइल नम्बर आफ्नो रहेको भन्दै बंगलादेशमा एक रिक्सा चालकले चर्चित नायकविरुद्ध मुद्दा दायर गरेका छन् ।

बंगलादेशका अभिनेता शाकिब खानले एउटा फिल्ममा प्रयोग गरेको मोबाइल नम्बर रिक्सा चालक इजाजुल मियाँको हो । फिल्ममा उक्त मोबाइल नम्बर सार्वजनिक भएपछि कयौं युवतीले उक्त नम्बर नायक शाकिब कै रहेको ठानेर फोन गर्ने गरेको रिक्सा चालक इजाजुलको भनाइ छ ।

‘फिल्ममा मेरो मोबाइल नम्बर प्रयोग गरिएपछि मलाई सारै तनाव भएको छ, दिनहुँ अनावश्यक फोन आइरहन्छ,’ उनले भने ।

इजाजुलले नायक शाकिबसँग क्षतिपूर्ति रकमको मागसमेत गरेका छन् । उनका अनुसार पाँच दिनभित्र पाँच सयभन्दा बढीले फोन गरेका छन् ।

रिक्सा चालक इजाजुलको मोबाइल नम्बर गत जुनमा प्रदर्शित एक चलचित्र प्रयोग गरिएको थियो । सो चलचित्रका निर्माता तथा निर्देशक नायक शाकिब स्वयं हुन् । फिल्मको एउटा दृष्यमा नायकले आफ्नी प्रेमिकालाई आफ्नो मोबाइल नम्बर भन्दै एउटा नम्बर भन्छन् । त्यो नम्बर संयोगवस रिक्सा चालक इजाजुलको हो ।

‘मलाई दैनिक फोन आउन थाल्यो, अधिकांश कल नायक शाकिबका महिला प्रशंसकको आउने गरेको छ,’ उनले भने, ‘म तपाईको फ्यान हुँ, म तपाईसँग दुई मिनेट कुरा गर्न सक्छु ? भनेर फोन गर्छन्,’ उनले भने ।

इजाजुलका अनुसार उनी आफ्नो मोबाइल नम्बर परिवर्तन गर्न समेत सक्दैनन् । किनकि उनका ग्राहकले समेत सोही नम्बरमा फोन गर्दै आएका छन् ।

सुरुमा अदालतले मुद्दा दायर गर्न समेत मानेको थिएन । तर जब इजाजुलको समस्याबारे राम्ररी अवगत गराइयो, अदालतले मुद्दा दायर गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी