भोजपुर ।
कार्तिक ११ गते बिहान झुल्केघाम सँगै करिश्मा बि.क छिमेकी रत्नमाया श्रेष्ठको खेतमा धान काट्ने खेतालाको रुपमा पुगेकी थिईन्। भोजपुर आम्चोक ९ दुम्बाना स्थित एक्लेपिपलमा रहेको आफ्नै घरबाट कम्मरमा नाम्लो बाधेर हातमा कच्या(हसियाँ) बोकेर खेत तर्फ गएकी थिईन् उनी । खेतमा पुग्दा बिहान ७ बज्नै लागेको थियो ।
एक दाजु र एक दिदको साथमा बस्दै आएकी उनलाई आफ्ना ठुलोबुबा ठुलीआमाले हेरचाह गर्ने गरेका थिए । उनी डेढ बर्षकी हुँदा आमाले बिष सेवन गरेर मरेकी थिइन् भने बाबुले आमासँगको द्धन्दका कारण छोराछोरी त्यागेर भारतको आसाम भासिए । करिष्मालाई आफ्ना आमाबाबुको माया ममता त परै जाओस् कस्ता देखिन्थे भन्ने अहिलेसम्म पनि थाहाँ छैन ।
उमेरले भर्खर १४ बषैमा टेकेकि तीन सन्तानमा कान्छि छोरी करिष्माले कहिलै बिद्यालय पनि टेकेकी छैनन् । उनको दिनचर्या घास दाउरा र मेलापात गर्दा गर्दै बित्ने गरेको थियो ।
जुनदिन उनिमाथि नरपिचासको कु दृष्टि पर्यो र उनको शरिरले आफ्ना अभिन्न अंग गुमाउन पर्यो ,उनको अस्तीत्व लुटियो अनी मृत्युको मुखमा पुगेर फर्किईन् त्यो दिनपनि उनका सदा झै दैनिकी एउटै थियो ।
छिमेकी रत्नमायाको खेतमा धान काट्न गाउँका अन्य ब्यात्तिहरु पनि थिए , सँगै छिमेकी शन्तोष श्रेष्ठ पनि गएका थिए । बिहानको खाजा खाएर लगातार सबै खेतालाले धान काटे । मध्यान्ह १२ बजे छुट्टी भयो अरु खेतालासँगै करिश्मा पनि रत्नमायाको घरमा गईन् र खाना खाएर निस्किईन् ।
घरको गोठमा बाधिएका बस्तुलाई खास लाने सोचले नै बिहान नाम्लो पनि सँगै लिएर आएकी थिईन् उनी । त्यसैले सरासर फेरी खेतमा गईन र धान काटेर फिजाईएका तिनै खेलका गराहरुको भितमा गएर खास निकालेर भारी बाध्ने तरखरमा थिईन् ।
लगभग दिनको साढे १ बजे बजेको हुन पर्छ । करिश्मा भन्छिन् , शन्तोष पनि घर गएर गाईबस्तु लिएर चराउन खेतमा आईसकेको रहेछ ।
सरस्वती उच्च माबि दुम्बानामा कक्षा आठमा पढ्ने सन्तोस श्रेष्ठ एक सन्तानको बाबु हो । उसको गत असोज १९ गते मात्रै छोरो जन्मिएको छ । घरमा सुत्केरी श्रीमती छाडेर बस्तु चराउन गोठालो हिडेको उसले पनि सोहि खेतमा गाईगोरु लिएर आयो ।
गाईबस्तुले पानी खान थाले । उसले खेतको डिलमा उभिएर भन्यो , ओई करिश्मा त्या उब्भी ।
करिश्माले झट्ट जवाफ फर्काईन् किन उभ्भिनु , उभ्भिदिन म ।
उनले भनिन् , म एकसुरले घासको भारी कस्न थाले । उ दौडिएर आयो मैले यस्तो अपराध गर्ला , मैले सोचेकै थिईन । आफ्नै काम गरिरहे । तर एक्कासि आएर म माथि हातपात गर्न थाल्यो ।
अस्पतालको बेडमा रहेकी करिश्माले आखाँभरी आशुँ पार्दै भनिन् , खेतको भित्तामा पछार्यो म चिच्याई रहे , जबरजस्त कपडाहरु च्यातेर बलात्कार गर्यो ।
त्यसपछि आफ्नो दाई र दिदलाई नभन भन्दै धम्क्यायो । तर करिष्माले रुदै म भन्छु । सबै कुरा भन्छु भन्ने जवाफ दिईन् । र त्यहाँबाट च्यातिएका कपडासँगै दौडिइन् तर उनले दिदि र दाईलाई तैले म माथि गरेको सबै सुनाउछु भनेको सहन सकेन उसले ।
तत्कालै उनले अगाडि धान काट्न लगेको कचिया जसले घास काटेर भारीमा राखेकी थिईन । सोहि कचिया निकालेर भाग्दै गरेकी करिश्मालाई पुन समातेर , भन्छेस् रे भन्दै घाटिमा रेट्यो ।
करिश्माले नै धान काट्न प्रयोग गरेको कच्याले बाया हातले निधार थिच्यो र दुई पटक घाटि रेट्यो । अनी चिउडोमा पनि काट्यो । करिश्मा अर्धचेत बनिन् ।
त्यतिले पनि उसलाई शान्त भएन देब्रे आखाँ हातले लुछेर बाहिर निकाल्यो ।अनी आफैले हातले आखाँ ठेलेर भित्र पसायो र मरि भन्ने लागेपछि अलि पर घिसारेर पुर्याई सिस्नो घारीमा फालिदियो ।
दिनको २ बजेतिर यो घना भयो । उता घरमा बहिनी नआएपछि करिश्माका दाजु र दिदि भएर गाँउभरि खोजे । खेताला गएको रत्नमायाको घरमा पनि पुगे । जो बलात्कारी थियो (सन्तोष) उसैका घरमा पनि पुगेर दिदि मनिषा बिकले सोधेकी थिईन् , शन्तोश दाई हाम्रो बहिनिलाई देख्नुभएन ? कहाँ गयोँ गयोँ ,अहिलेसम्म घरमा आएको छैन ।
मनिषको प्रश्नमा उसले अँह मैले त देखिन त मनिषा भन्ने जवाफ दियो । मनिषा र शन्तोष भने क्लासमेट साथि थिए ।
दिनभरी खोज्दा पनि करिश्मालाई नभेटेपछि दाजु बहिनि घर आउदै थिए , एक्कासि केटाकेटि चिच्याए । त्यो सुनेर मनिषा कुदेर घर आईन् र हेरिन । करिब ७ बजेको समय । बहिनि करिश्मा घरको चुलो छेउमा बिभत्स रुपमा लडिरहेकी थिइन् । च्यातिएका कपडा , चिथोरिएको कपाल , रक्त मुछेल सरिर अनी आखा बाहिर निस्कीएको त्यो बिभत्स दृश्य देखेपछि उनी पनि होसै गुमाएर चिच्चयाईन् ।
सन्तोषले अब त मरि भनेर बेहोस बनेपछि सिस्नो घारीमा फालकी करिश्मालाई होस् खुल्यो उनी लरखराउदै घरसम्म आईपुगिन् र फेरी अचेत अबस्थामा ढलिन । उनी घस्रदै आएको देखेपछि छिमेकका बच्चाहरु डरले चिच्च्याएका थिए । आखाँ बाहिर निस्किएको हेर्दै डरलाग्दो देखेपछि बच्चाहरु दौडिएर आ आफ्नो घरतिर भागे ।
बच्चा सँगै मनिषा पनि चिच्चयाएको सुनेर छिमेकीहरुपनि जम्मा भए । मनिसा भन्छिन् , बैनिको त्यो अवस्था देख्दा मलाई नै के गरौ कसो गरौ भयो , न बहिनिलाई समातेर उठाउनु न के गर्न । म आफँै पनि मुर्छा पर्छुकि जस्तो भयो ।
गाउलेहरु जम्मा भएर तत्काल कपडाले करिश्मालाई बेरेर करिब आधा किलोमिटर नजिक रहेको दुम्बाना स्वास्थ्य चौकिमा लगे । त्यहाँ रहेका अहेवले सामान्य ड्ेसिन गरेर तत्काल बिराटनगर या धरानमा रहेको ठुलै अस्पताल लैजान सुझाव दिए । ।
त्यसपछि करिब १० बजे दुम्बानाबाट गाउँलेले उदयपुर र भोजपुरको सिमाना रानिटारस्थित झोलुनगेपुल सम्म गाडिमा लगि बोकेर झोलुन्गे पुल कटाए । र पुल पारीबाट अर्को गाडि मगाएर उनलाई बिहान करिब ४ बजे धरान स्थित बिपि कोईराला स्वास्थ्य विज्ञान प्रतिस्ठान पुर्याईयो ।
त्यो बेला सम्म सन्तोश नै बलात्कारी हो भन्ने कसैलाई थाहाँ थिएन । कसैले कल्पना सम्म गरेको थिएन।
सन्तोसले रातभरी पटक पटक पिडित करिश्माकि दिदि मनिषलाई र उसको दाईलाई फोन गर्दै बहिनीलाई कस्तो छ ? कहाँ पुग्यौ भन्दै सोधिरहे । मनिषाले उस्लाई बहिनिको आखाँ त बिग्रिहाल्यो भन्दै सुनाउथिन् , उ ए हो र ? बिजोग भएछ । राम्रो सँग उपचार गरेर ल्याउनु भनेर सान्त्वना दिईरहन्थ्यो ।
मनिषा भन्छिन् , छिमेकी बहिनी सहानुभूति राखेर नै फोन गर्यो होला भन्ने लाग्यो तर जब बास्तविकता बाहिर आयो लाग्छ बहिनी मरि कि बाचेकी छ भनेर बुझ्न पो फोन गरेको रहेछ ।
असोज १२ गते बिहान करिब नौ बजेतिर करिश्माको होस खुल्यो । त्यसपछि उनले दिदि मनिषलाई आफुमाथि शन्तोषले आफुमाथि गरेका सबै बृतान्त बताईन् । बहिनिको होस खुलेर बास्तबिकता बताएपछि म छागाबाट खसेझै भए । सबै आश्चर्यचकित परे मनिषाले भनिन् ।
त्यसगत्तै अस्पतालबाटै प्रहरीलाई खबर गरे र मौखिक उजुरी दिए । ईलाका प्रहरी कार्यलय बालाङखाबाट गएको प्रहरी टोलिले बलात्कारि शन्तोषलाई नियन्त्रणमा लियो । प्रहरी गाँउमा पुग्दा समेत उ करिश्मालाई बलात्कार गरेकै खेतमा हाफ्पाईन्ट र टिसर्ट लगाएर गाई चराउन पुगेको थियो । प्रहरीले उसलाई ,ओई केटा यता आईज भन्दा उ केहि थाहा नपाएजसरी नै दौडेर आयो ,प्रहरी भन्छ । हत्कडि लगाएर ईप्रका पुर्याएपछि भोजपुर लगियो ।
करिश्माको आखा अहिले कामै नलाग्ने भएको छ ,उपचारमा संलग्न चिकित्सकले भने । उनको आखाँ पुरै पाकेर कुहिएको छ । अब बैकल्पिक आखाँ राख्नुपर्छ तर त्यो पनि सम्भव हुन्छ कि हुँदैन ?
अस्पताल ल्याउनेबित्तिकै पैसा नभएका कारण राम्रोसँग उपचार पनि भएन उनको । पछि बिभिन्न राजनितिक दल तथा समाजसेबि लगायतको सहयोगमा अहिले अस्पताल र डाक्टरले राम्रो हेरचाह र उपचार गराईरहेका छन् तर सानैमा अनाथ बन्न पुगेकी उनको उपचारका लागि आर्थिक अभाव रहेको उनकी दिदि मनिषा बताउछिन् । अहिले अस्पतामा दाजु र दिदि बसिरहेका छन् ।
करिश्मा अहिले बोल्न सक्ने भएकी छिन् । उनले हामिसँगको कुराकानीमा भनिन् ,सायद मलाई भगवानले बचाएको हुनुपर्छ । म माथि बलात्कार पछि घाटि काटेर आखा कोतर्यो , मैले त्यसपछि केहि बोल्नै सकिन , अनी घिसारेर लडाएको थाहाँ पाउछु । पछि होस आयो र घर गए तर त्यसपछि थाहाँ पाउदा यहाँ बेडमा थिए ।
उनी भन्छिन् त्यसलाई कडा भन्दा कडा कार्वाहि हुनुपर्छ , सबैलाई न्याय दिलाईदिन आग्रह गर्दछु । उनले अगाडि थपिन , आज मलाई यस्तो भयो भोली तपाईका छोरी चेलीले यस्तो भोग्न नपरोस , त्यसलाई कडा कार्वाहि होस् र मेरो उपचारका लागी सहयोग गरेर जीवन रक्षा गरिदिनुहोला ।
-धरानको पिपि क्याम्पमा उपचाररत पिडित करिस्मा र उनकी दिदि मनिषले मिर्मिरे अनलाईनसँग गरेको कुराकानी ।
