इन्दिरा गान्धीमाथि गोली वर्षिएपछिकाे त्याे कहालिलाग्दाे अवस्था ….

इन्दिरा गान्धीमाथि गोली वर्षिएपछिकाे त्याे कहालिलाग्दाे अवस्था ….

  • बुधबार, कार्तिक १५, २०७४
  • मिर्मिरे अनलाइन

  • 14.5K
    SHARES

नयाँ दिल्ली । भुवनेश्वरमा इन्दिरा गान्धीसँग कैयौँ सम्झना जोडिएका छन् र यसका अधिकांश सम्झना सुखद छैनन् ।

यही सहरमा उनका बुवा जवाहरलाल नेहरु पहिलो पटक गम्भीर रूपमा बिरामी भएका थिए, जसका कारण मे १९६४ मा उनको मृत्यु भएको थियो । यही सहरमा १९६७ को चुनाव प्रचारको बेला इन्दिरा गान्धीमाथि ढुङ्गा प्रहार गरिएको थियो, जसले उनको नाकको हड्डी भाँचिएको थियो ।

३० अक्टुबर १९८४ को दिउँसो इन्दिरा गान्धीले जुन चुनावी भाषण दिएकी थिइन्, त्यसलाई सधैँजस्तै उनका सूचना सल्लाहकार एचवाई शारदा प्रसादले तयार पारेका थिए ।

तर, अचानक इन्दिरा बोलेको भन्दा फरक तरिकाले बोल्न थालिन्, उनको बोल्ने शैली पनि बदलियो ।

इन्दिरा गान्धी बोलिन, ‘म आज यहाँ छु । भोलि सायद यहाँ नरहुँ । मलाई चिन्ता म रहने वा नरहने भन्नेमा छैन । मेरो लामो जीवन रह्यो । मलाई यो कुराको गर्व छ कि मैले मेरो जीवन जनताको सेवामा लगाएँ । म आफ्नो आखिरी साससम्म सेवा गरिरहनेछु । म मरे भने पनि मेरो रगतको एक एक थोपा भारतलाई बलियो पार्नका लागि हुनेछ ।’

कहिलेकाहीँ नियती शब्दमा ढल्केर आउने दिनतर्फ इसारा गर्छ ।

भाषणपछि जब राजभवन फर्किइन, राज्यपाल विशंभरनाथ पाँडेले भनेका थिए कि, तपाईंले हिंस्रक मृत्युको कुरा गरेर मलाई हल्लाएर छाड्नुभयो ।
इन्दिरा गान्धीले जवाफ दिइन् कि उनले इमानदार र तथ्यपरक कुरा भनेकी थिइन् ।

त्यस रात इन्दिरा गान्धी दिल्ली फर्किंदा निकै थाकेकी थिइन् । त्यस रात उनी निकै कम सुतिन् ।

ठीक अगाडिको कोठामा सुतेकी सोनिया गान्धी जब चार बजे आफ्नो दमको रोगको औषधी लिन बाथरुम गइन्, त्यसबेला इन्दिारा जागै थिइन् ।

सोनिया गान्धी आफ्नो किताब ‘राजीव’मा लेख्छिन् कि इन्दिरा पनि उनको पछि पछि बाथरुम आइन् र औषघी खोज्न उनको पछिपछि लागिन् ।

इन्दिरा गान्धीले सोनियलाई यो पनि भनिन्, यदि तिम्रो स्वास्थ्य विग्रियो भने मलाई भन्नू ।

बिहान साढे सात बजेसम्म इन्दिार गान्धी तयार भएकी थिइन् । त्यस दिन उनले पहेँलो रङको साडी लगाएकी थिइन् र त्यसको बोडर कालो थियो ।

त्यस दिन उनको पहिलो वैठक पिटर उस्तिनोबसँग थियो, जो इन्दिरा गान्धीको डकुमेन्ट्री बनाउँदै थिए । एक दिन अगाडि उडिसा यात्राको पनि सुटिङ गरेका थिए ।

दिउँसो उनले ब्रिटेनका पूर्वप्रधानमन्त्री जेम्स कैलेघन र मिजोरमका उक नेतासँग भेट्नु थियो । साँझ ब्रिटेनका राजकुमारी ऐनलाई रात्री भोज दिँदै थिइन् ।

नास्तापछि जब मेकअप म्यान उनको चेहरामा पाउडर र ब्लसर लगाइरहेका थिए, उनका डाक्टर माथुर त्यहाँ पुगे । इन्दिरालाई हेर्न उनी दैनिक त्यहाँ पुग्थे ।
इन्दिाराले डाक्टर माथुरलाई भित्र बोलाइन्, दुवै जना कुराकानी गर्न थाले ।

उनले अमेरिकी राष्ट्रपति रोनल्ड रेगनले आवश्यकभन्दा बढी मेकअप गर्ने र उनको ८० वर्षको उमेरमा पनि कालो कपाल रहेको मजाक गरेका थिए ।
नौ बजेर १० मिनेटमा जब इन्दिरा गान्धी बाहिर आइन्, बाहिर चर्को घाम थियो ।

घामबाट बच्न सिपाही नारायण सिंह कालो छाता लिएर उनको नजिक गए । उनीभन्दा केही कदम पछाडि आरके धवन र उनका पछाडि इन्दिरा गान्धीका निजी सेवक नाथु राम थिए ।

सबैभन्दा पछाडि उनको सुरक्षा अधिकारी सब इन्सपेक्टर रामेश्वर दयाल थिए । यसबीचमा एक कर्मचारी एक चिया सेट लिएर अगाडिबाट गए । इन्दिार बोलिन्, अर्को चिया सेट ल्याऊ ।

जब इन्दिरा गान्धी एक अकबर रोड जोड्ने गेटमा पुगिन्, उनी धवनसँग कुराकानी गरिरहेकी थिइन् ।

धवनले उनलाई बताइरहेका थिए कि, उनले इन्दिराको निर्देशन अनुसार, यमनको यात्रामा गएका राष्ट्रपति जाली जैल सिंहलाई सन्देश पठाइयो, उनी साँझ सात बजेसम्म दिल्ली विमानस्थलमा उत्रनेछन् र उनलाई रिसिभ गरेपछि इन्दिरा ब्रिटेनकी राजकुमारी ऐनलाई दिने भोजमा सहभागी बन्न सकून् ।

अचानक त्यहाँ तैनाथ सुरक्षाकर्मी बेअन्त सिंहले आफ्नो रिभल्वर निकालेर इन्दिरा गान्धीमाथि गोली चलाए । गोली उनको पेटमा लाग्यो ।

इन्दिराले अनुहार बचाउनका लागि आफ्नो दाहिने हात माथि उठाइन्, तर बेअन्तले विल्कुलै नजिकबाट दुई गोली चलाए । गोली उनको टाउको र कम्मरमा लाग्यो ।

त्यहाँबाट पाँच फिट टाढा सतवन्त सिंह आफ्नो टामसन अटोमेटिक कारवाइनका साथ उभिएका थिए ।

इन्दिरा गान्धी ढल्दै गरेको देखपछि उनी आत्तिए, आफ्नो ठाउँमा एक इन्च यताउति गरेनन् । त्यसबेला बेअन्तले ठूलो स्वरमा भनेकी गोली चलाउ ।

सतवन्तले तुरन्तै आफ्नो अटोमेटिक कारवाइनका सबै पच्चीस गोली इन्दिरा गान्धीको शरीरमा हाने ।

बेअन्त सिंहले पहिलो फायर गरेको २५ सेकेन्ड बितेको थियो, त्यहाँ तैनाथ सुरक्षाकर्मीको कुनै प्रतिक्रिया आएको थिएन ।

सतवन्त फायर गरिरहेका थिए, सबैभन्दा पहिला पछाडि रहेका रामेश्वर दयालले अगाडि दौडन सुरु गरे ।

तर उनी इन्दिरा गान्धीसमम नपुग्दै उनको खुट्टामा गोली लाग्यो । उनी त्यहीँ ढले ।

इन्दिरा गान्धीका सहायकले उनको क्षविक्षत शरीर देखे र एकअर्कालाई आदेश दिन थाले । एक अकवर रोडबाट प्रहरी अधिकारी निदेश कुमार भट्ट यो देख्नका लागि बाहिर आएका थिए, त्यहाँ कस्तो हल्ला भइरहेको छ ।

त्यसैबेला बेअन्त सिंह र सतवन्त सिंह दुवैजनाले आफ्नो हतियार बिसाए । बेअन्त सिंहले भने ‘हामीले जे गर्नु थियो गर्यौँ, अब तिमीले जे गर्ने हो तिमी गर ।”

अनि नारायण सिंहले अगाडि दौडेर बेअन्त सिंहलाई जमिनमा पछारिदिए । नजिकको गार्डपोस्टबाट जवान दौडेर आए र उनले सतवन्त सिंहको पनि आफ्नो घेरामा लिए ।

हुन त त्यहाँ प्रत्येक समय एउटा एम्बुलेन्स तयारी अवस्थामा रहन्थ्यो ।  दिन ड्राइभर उपस्थित थिएनन् । त्यसैले इन्दिराका राजनीतिक सल्लाहकार माखनलाल फोतेदारले कराएर कार निकाल्नका लागि भने ।

इन्दिरा गान्धीलाई जमिनबाट आरके कवन र सुरक्षाकर्मी दिनेश भट्टले उठाएर सेतो एम्बेस्डर कारको पछाडिको सिटमा राखे ।

अगाडिको सिटमा धवन, फोतेदार र ड्रइभर बसे । जब कार स्टार्ट भयो सोनिया गान्धी खाली खुट्टा नै ड्रेसिङ गाउनमै आमा आमा भन्दै चिच्याउँदै दौडेर आइन् ।

इन्दिरा गान्धीको यो अवस्था देखेर उनी त्यस्तै हालतमा कारको पछाडिको सिटमा बसिन् । उनले रगतमा लतपतिएकी इन्दिरा गान्धीको शिर आफ्नो काखमा लिइन् ।

कार तीव्र गतिमा एम्सतर्फ दौडियो । चार किलोमिटर यात्राका क्रममा कसैले केही बोलेनन् । सनियाको गाउन इन्दिराको रगतले भिजेको थियो ।

स्ट्रेचर हरायो
कार नौ बजेर ३२ मिनेटसम्ममा एम्स पुग्यो । त्यहाँ इन्दिराको ब्लड ग्रुप ओ आरएच नेगेटिभको स्टक पर्याप्त थियो ।

तर सफदरजङ्ग रोडबाट कसैले पनि एम्सलाई फोन गरेर बताएनन् कि इन्दिरा गान्धीलाई गम्भीर रूपले घाइते भएर त्यहाँ लगिँदैछ भनेर ।

इमर्जेन्सी वार्डको गेट खोल्न र इन्दिरालाई कारबाट उतार्न तीन मिनेट जति लाग्यो । त्यहाँ एउटा पनि स्ट्रेचर उपलब्ध थिएनन् ।

कसैगरी एक पाङ्ग्रे स्ट्रेचरको व्यवस्था गरियो । जब उनलाई कारबाट उतारियो तब इन्दिरालाई यस अवस्थामा देखेर त्यहाँ तैनाथ भएका डाक्टरहरु डराए ।

उनीहरुले तुरुन्त फोन गरेर एम्सका बरिष्ठ कार्डियोलोजिस्टलाई यसको सूचना दिए । एक मिनेटमै त्यहाँ डाक्टर गुलरिया, डाक्टर एमएम कपुर र डाक्टर एस बालाराम पुगिहाले ।

एलेक्ट्रोकार्डियाग्राममा इन्दिराको हृदयका सामान्य गतिविधि देखाइरहेको थियो तर नाडीमा कुनै धड्कन भेटिइरहेको थिएन ।

उनको आँखाको नानी फैलिएको थियो, यसले उनको मष्तिस्कमा क्षति पुर्याएको सङ्केत दिएको थियो ।

एकजना डाक्टरले उनको मुखबाट सासनलीमा एउटा ट्युब छिराए ताकि फोक्सोसम्म अक्सिजन पुग्न सकोस र दिमागलाई बचाइराख्न सकियोस् ।
इन्दिरा गन्धीलाई ८० बोतल रगत चढाइयो जुन उनको शरीरको सामान्य रगतको मात्राको पाँच गुना बढी थियो ।

डाक्टर गुलरिया भन्नुहुन्छ– “मलाई देख्नेवित्तिकै लागेको थियो कि यस संसारबाट बिदा भइसकेकी छिन् । त्यसपछि हामीले यसको पुष्टि गर्नका लागि ईसीजी गरियो । मैले फेरि अब के गर्ने भनेर त्यहाँ भएका स्वास्थ्य मन्त्री शङ्करानन्दलाई सोधेँ– के हामी उनलाई मृत घोषित गरौँ ? उनले नगरौँ भने । अनि फेरि हामीले उनलाई अपरेसन थिएटरमा लग्यौँ ।”

मष्तिस्कि मात्र ठीक थियो

डाक्टरहरुले उनको मुटु र फोक्सो मेसिनमा जोडे, जसले उनको रगत सफा गर्नथाल्यो, जसका कारण उनको रगतको तापक्रम ३७ डिग्रीबाट घटेर सामान्य तापक्रम ३१ डिग्रीमा आयो ।

यो स्पष्ट थियो कि इन्दिरा यस संसारबाट गइसकेकी थिइन् तर पनि उनलाई एम्सको आठौँ तलास्थित अपरेसन थिएटरमा लगियो ।

डाक्टरहरुले देखे कि गोलीले कलेजोको दाहिने भागलाई छियाछिया पारेको थियो । उनको शरीर र आन्द्रामा करिब बाह्रवटा प्वाल परेका थिए र सानो आन्द्रामा पनि धेरै क्षति पुगेको थियो ।

उनको एकातिरको फोक्सोमा पनि गोली लागेको थियो र ढाडको हड्डीमा पनि गोलीको असरले भाँचिएको थियो । केवल उनको हृदय मात्र ठीक अवस्थामा थियो ।

योजनाका साथ ड्युटीमा
आफ्नै अङ्गरक्षकद्वारा गोली हानेको लगभग चार घण्टापछि दुई बजेर २३ मिनेटपछि इन्दिरा गान्धीलाई मृत घोषणा गरियो ।

तर सरकारी सञ्चार माध्यममा यसको घोषणा बेलुका छ बजेसम्म गरिएन ।

इन्दिरा गान्धीको जीवनी लेख्ने व्यक्ति इन्दर मल्होत्राले के बताउँथे भने खुफिया एजेन्सीले आशङ्का गरेको थियो कि इन्दिरा गान्धीमाथि यस्तो तरिकाले हमला हुनसक्छ ।
उनले सिफारिस गरेका थिए कि सबै सिख सुरक्षाकर्मीलाई उनको निवास स्थानबाट हटाइयोस् ।

तर जब यो फायल इन्दिराका सामु पग्यो, उनले रिसाएर तीन शब्द लेखिन्, “आरन्ट वी सेकुलर ? (के हामी धर्मनिरपेक्ष होइनौँ ?)”

यसपछि यो के कार्य गरियो भने एकैसाथ दुईजना सिख सुरक्षाकर्मीहरुलाई उनको नजिकमा ड्युटीमा खटाइएन ।

३१ अक्टोबरको दिन सतवन्त सिंहले के बहाना बनाए भने उनको पेट खराब छ । यसैले उसलाई शौचालयको नजिक तैनाथ गरियोस् ।

यस तरिकाले बेअन्त र सतवन्त एकसाथ तैनाथ भएका थिए र उनीहरुले इन्दिरा गान्धीसँग अपरेसन ब्लुस्टारको बदला लिए । -राताेपाटीबाट

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी