गायक अजय तामाङको “किन दु्ख्छ?” बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक

गायक अजय तामाङको “किन दु्ख्छ?” बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक

  • सोमवार, कार्तिक १३, २०७४
  • मिर्मिरे अनलाइन

  • 9.5K
    SHARES

१३ कात्तिक, काठमाडौं । गायक तथा संगितकार अजय तामाङको ‘किन दुख्छ’ बोलको आधुनिक गीतको म्यूजिक भिडियो एम एम पि यस फिल्म्सद्धारा संङ्ग नेपाल मार्फत बजारमा सार्वजनिक गरिएको छ ।

गहिरो माया भएपनि परिस्थितिले बिछोड हुनु परेको बाध्यात्मक परिस्थितिलाई समेटीएको गितमा गायक स्वयम् कै शब्द तथा संगित रहेको छ । सन्तोष प्रगाडले संगित संयोजन गरेको  उक्त गीत अत्यन्तै लोकप्रिय तथा मर्म स्पर्शी बनेको छ ।

म्यूजिक भिडियोमा भने राजन गुरुङ,कमल सिंङ , पुजा सिलवाल ,रोशन वुढा,निशा थापा मगर लगायत कलाकारहरुको बेजोड अभिनय रहेको छ । कलाकारहरुको जीवन्त अभिनयलाई केशब अधिकारीले क्यामेरामा कैद गरेका हुन भने चर्चित निर्देशक मिलन तामाङको निर्देशनमा उक्त भिडियो तयार भएको हो ।
धादिङको ज्वालामुखि गाउपालिकामा जन्मेका अजय तामाङ नेपाली गीत संगितलाई उचाइमा पुर्‍याउनु पर्छ भन्ने उदेश्यका साथ सांगितिक क्षेत्रमा लागि रहेका छन् । हाल उनी चौथो बर्षमा शास्त्रीय गायन सिकिरहेका छन । गीत संगितलाई अत्यन्तै माया गर्ने तामाङको यस अघिका पनि वीर गोर्खाली र कान्छीले बोलको गीत तथा म्यूजिक भिडियो बजारमा उपलब्ध छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी