कुन सन्तानको आँखामा आँसु नाझार्ला? हरेक नेपालीको कथा समेटिएको इतिहासलाईनै चकित पार्ने आमा”हेर्नुहोस”

कुन सन्तानको आँखामा आँसु नाझार्ला? हरेक नेपालीको कथा समेटिएको इतिहासलाईनै चकित पार्ने आमा”हेर्नुहोस”

  • सोमवार, कार्तिक १३, २०७४
  • मिर्मिरे अनलाइन

  • 11.3K
    SHARES

कमल सरगम
काठमाण्डौ ।
नेपाली लोक संगीतका धरोहर लोकप्रिय गायक विमलराज क्षेत्री र ऋतु थापाको सुमधुर आवाजमा प्रबासमा रहेर पनि नेपाली माटोलाई माया गर्दै नेपाली गीत संगीतको मोह राखेकी सर्जक गोमा अधिकारी “लिम्बु”को मार्मिक तथा आफ्नै घटनामा आधारित लोकदोहोरी गीत “आमा”बजारमा आएको छ ।
२०३२ साल बैसाख १ गते यो धर्तीमा जन्म लिएकी गोमा अधिकारी सानै देखि सामाजिक अन्धबिस्वास र जातीय भेताभाबको बिरुद्धमा आवाज उठाउदै आएकी गोमा २०५३ साल बैसाख ५ गते जातीय भेदभावलाइ चिरेर गणेश लिम्बु संग अन्तरजातीय बिबाहमा आफुलाई समर्पण गरिन। समय बित्दै जादा गोमा र लिम्बुबाट २०६१ जेष्ट १ गते जन्मिएकी स्नेहा लिम्बु २ बर्ष नपुग्दै दुवै मृगौला खराब भएर नेपालमा उपचार सम्भव नभएपछी बिभिन्न बादा अर्चनको सामना गर्दै छोरी प्रतिको माया/जिम्मेवारी पुरा गर्न र छोरीको जीवन रक्षा गर्न अमेरिका सम्म पुग्दाका ति दुखका क्षेन र पुगेपछि भोग्न परेका पीडालाई समेटिएर अधिकारी लिम्बुले आफ्नै जीवनमा आधारित रचना गरि तयार पारिएको वास्तविक घटनामा आधारित लोकदोहोरी गीत “आमा”बजारमा ल्याएकी हुन् ।प्रसान्ती डिजिटल मार्फत बजारमा आएको उक्त गीतमा उनै गीत संगीतका धरोहर बहुचर्चित गायक तथा सर्जक विमलराज क्षेत्रीको लय रहेको छ भने अहिलेका व्यस्त र निखारिएका निर्देशक कुमार केसीको निर्देशनमा तयार पारिएको गीतको म्यूजिक भिडियोमा अभिनय भने बिध्या कार्की,भिम आले,सुवास्ना क्षेत्री,ओसन क्षेत्री,सोनाम मगर लगाएतको रहेको छ ।अजय रेग्मीको छायांकनमा रहेको गीतको म्यूजिक भिडियो सम्पादन भने प्रविन भट्टको रहेको छ। मन्जु श्री फ्लिम्सले निर्माण गरेको उक्त म्यूजिक भिडियो अहिलेसम्मकै फरक र उत्कृष्ट रहेको कुमार केसीले जानकारी दिए।
गीतको पूर्ण सफलताको लागि हार्दिक शुभकामना ब्यक्त गर्दछौ ।
हेरौ म्यूजिक भिडियो
[youtube https://www.youtube.com/watch?v=C1zQPW4XnBs]

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी