म कतार आएको केहि महिना लगतै एउटा लेख लेखेको थिए त्यसै लाइ निरन्तरता भनौ या पुर्नता दिन पुनः लेख्न खोज्दै छु केहि राजनीति त केहि व्यबहारिका कतार मा रहेका नेपाली हरुकै सन्दर्भ मा भनौ।
नेपाल हाम्रो देश, राम्रो देश, र अबस्य पनि प्यारो देश तर सब्दमा मात्र सिमित। नेपाल को अधिकाङ्स भुभाग हिमाल र पहाड ले ढाकिएको छ। यो हाम्रो देश को भौगोलिक बनाबट हो यसलाइ प्राकृतिक देन पनि भन्न सकिन्छ, यदि सकारात्मक सोच ले सोच्ने हो भने। हामिले पर्यटन क्षेत्र हरु को निर्मान गरि विस्व भर का पर्यटक भित्र्याउन सक्छौ र आफ्नो पहिचान विश्व भर चिनाउन सक्छौ।
त्यही हिमाल जडिबुटी को उर्वरा भुमी जस्लाइ व्यबस्थित गर्न सक्यौ भने विश्व मा नेपाल को लोगो बिकाउन सक्छौ। अर्को महत्वपूर्ण भुभाग तराइ जहा भनिन्छ “सुन फल्छ” तर भनाइमै सिमित। हो हामिले आधुनिक खेती गर्न तराइको समथल भुभाग को सदुपयोग गर्ने हो भने वास्तव मै सुन फलाउन सक्छौ। तर त्यो सम्पुर्न कुरा सरकारमा नै निहित हुने कुराहरु हुन। सम्पुर्ण आधुनिक श्रोत र साधन अनि अन्तरास्ट्रिय बजार मा पहुचको लागी सरकार मा कुशल नेतृत्व हुन जरुरी छ। हाम्रो बिडम्बना जस्ले आफ्नो परिवारलाई सहि तरिकाले संचालन वा कुशल अभिभावक को भुमिका निर्बाह गर्न सक्दैन देश उसैको नेतृत्व मा छ देश।
तराइ मा मात्र पनि व्यवसायिक रुपमा खेती गर्ने वातावरण बन्यो भने एसिया का केहि देश हरुमै भए पनि नेपाल ले बजारको नेतृत्व गर्ने सक्ने पुर्ण आधार हरु छन तर नेपाली युवा बिदेशिन बाध्य छन आफ्ना सर्वस्व अरुका देश बनाउन खर्छ गर्न बाध्य छन। कारण एक मात्र हो नेपाल को राजनीति र अबसरबादी जमात हरुको नेतृत्व। नेपाली युवा बेच्न कुटनैतिक फड्को त मारेकै भन्नु पर्छ देशले जस अनुरुप श्रम सम्झौता हरु गर्दै बिभिन्न देशहरूमा आफ्ना दूतावास हरु खडा गर्न सफल भएका छन। तर “काम न काज को दुस्मन अनाज को” महामहिम राजदुत हरु लाखौ खर्छ गरेर पाएको जागिर आफ्नो दुनो सोझ्याउनमै व्यस्त हुन्छन हाल दुबई र कतार को कुरा गर्ने हो भने ३ देखी ५ लाख सम्म मोटो रकम तिरेर आजाद भिजा भन्दै महिना मा लाखौ कमाउने सपना का साथ यहा आएका नेपाली हरु प्रसस्तै भेटिन्छन नेपालि बजार हरुमा।
ल्याउने पनि नेपाली नै हुन्छन र यहा ल्याएर अलपत्र पार्ने पनि। जिम्मेवार संगठनको सदस्य भएर पनि होला दिनहु सुन्न सकिन्छ मजदुर हरुका दुख र पिडा का घटना हरु। तिनै पिडा मा मलहम लगाउन भनी खोलिएका औला भाची गन्दै जाने हो भने १३० देखी १५० वटा सम्म नेपाली हरुका जातिय, सामाजिक वा बैचारिक संघसंगठनहरु भेटिन्छन कतारमा यहा सम्म कि सबै को बिधान र प्रतिवेदन हेर्ने हो भने ९९ प्रतिशत मजदुर हरुको हक हित का लागिनै खोलिएको पाइन्छ। तर एक दुइ संघसंगठन बाहेक बाकी सबै पार्टी भोज भतेर मै व्यस्त हुन्छन।
प्रत्येक शुक्रबार ३ देखी ५ वटा सम्म नियमित रुपमा कार्यक्रम हरु हुने गर्छन। तर सबै मा अतिथी भने एउटै अनुहारहरु हेर्न सकिन्छ। कार्यक्रम मा आयो साता भरी तयार पारेका आफ्ना बुदा माइक नै फुट्ने गरि राख्यो र हिड्यो उता अर्को कार्यक्रम मा जान हतार परिरहेको को हुन्छ। उता को बिल्ला र माइक ले पर्खेर बसि रहेको जस्तै। कसै लाइ सोध्नुस त्यहा को कार्यक्रम कस्तो भयो? मलाइ त यता आउन हतार थियो आफ्नो कुरा राखेर हिडि हाले। अब मजदुरका लागी कतिको काम गर्दै छन त्यही बाट प्रस्ट हुन्छ। हुन त यहा दूतावास पनि नभएको होइन तर केहि सिमित मान्छे हरुका स्वार्थ मा लोत पोत हुदै आफ्नो ठाउ सुरक्षीत राख्न मै व्यस्त हुने गर्छन दूतावास का मान्छे हरु।
मजदुर हक हित लाइ नै आफ्नो उपलव्धी ठान्ने एक दुइ संघसंगठन मध्ये प्रमुख भुमिकामा रहेको नेपालि जनप्रगतिशिल मोर्चा कतार ले पिडित हरुका हर प्रकार का समस्याहरुमा मा मलहम लगाउने काम गर्दै आएको छ। अलि कति राजनितक तिर यहा का नेपाली बजार हरु पछिल्लो समयमा नेपाल को राजनिती ले अलि बढिनै व्यस्त भएको जस्तो छ। केहि साता भनौ वा महिना अगाडी एउटा ठुलै हल्ला थियो धुर्विकरण को जता जो सङ कुरा गरे पनि त्यही मात्र सुनिन्थ्यो अब धुर्विकरण नै प्रमुख एजेण्डा हो। महिना नबित्दै बाम एकता को नाम ले एमालेमा सेलाएको पनि महसुस गर्न पाइयो । अलिको खुशी कुरा त के हो भने राजनीति को नाम मा यति ठुलो उतार चढाब पनि हुदो रैछ भन्ने पनि अनुभव गरियो तर निति र बिचार बिना को राजनीति भयो सम्भब हुदो रैछ भन्ने नै बुझियो।
नेपाल को हक मा कुरा गर्ने हो भने अहिले चाइना र भारत को कुरुक्षेत्र को मैदान हाम्रो देश बनेको छ जस्तो लाग्छ। हामी को हौ र हाम्रो अस्तित्व केहो भन्ने कुरा चाइना र भारत ले भनी दिनु पर्ने अबसर बादी हरु को आसय हुन्छ। तर यिनि हरु बाट कसरी फाइदा लुट्न सकिन्छ भन्ने कुरा छिमेकी का नाम मा रहेका उटेरा हरुलाइ राम्रो ज्ञान छ। तर हाम्रा नेताहरु पनि के कम आफ्नो कुर्सी जोगिएकै छ, भकारी भरिएकै छ। देश बेच्न त नैसर्गिक अधिकार नै हो।
पहिलो संविधान सभा चुनाव मा पहिलो भएको पार्टी दोस्रो मा तेस्रो भयो र दोस्रो भएको पार्टी पहिलो भयो स्थानिय चुनाब ले पनि अर्को लाइ ठुलो बनायो नै जनताले पालै पालो सबैलाइ अबसर दिएकै हो तर गर्न सक्ने क्षमता खै कस्मा भयो र जनता को लागी? अब फेरि चुनाव किन? जनता को प्रस्न। उहि पुरानो गाइजात्रा मेरो बिस्लेषन।
अब नेपाल को एक मात्र आसा को केन्द्र हो नेकपा जस्लाइ रसियन अक्टोबर क्रान्ती को सतबार्शिकी मनाउन खुलामञ्चमा आएका जनसागर ले ठुलो जिम्मेवारी सुम्पेको छ। यसरी नै साथ र सहयोग बढ्दै जाने हो भने एकीकृत जनक्रान्ती ले नै अक्टोबर क्रान्ती पछि को दोस्रो इतिहास रच्ने छ।
लेखक: नेपाली जनप्रगतीशिल मोर्चा कतारका उपाध्यक्ष हुन् ।