कमल सरगम
काठमाडौं ।नेपाली सांगीतिक आकासमा पछिल्लो पटक नयाँ कलाकारहरुको सृजना निकै आउने गर्दछ केहि सृजनाले लाखौ/करोडौको मन जितेका हुन्छन त् केहि त्यतिकै बिलय हुन्छन।सोहि क्रममा एउटा इतिहास बचाउन सक्ने अर्को उत्कृष्ट आधुनिक गीतिएल्बम लोकार्पण सम्पन्न भएको छ ।
राजधानीको इन्द्रेणी होटलमा गीतकार ध्रुव प्रसाद अंगाईको ‘चिनारी’ एल्बम सार्वजनिक गरिएको छ । विन्ध्यवासिनी म्यूजिक प्रालिको आयोजना र उक्त कम्पनीकै ब्यानरमा बजारमा आएको एल्बममा समावेश गरिएको ९ गीतहरुमा चर्चित आधादर्जन बढी कलाकारहरुको स्वर रहेको छ।एल्बममा ‘मखमली चोलीमा ढाकाको टुना’, ‘फूल दिउँ त ओइली जाला’, ‘कैले माया यता लायो’, ‘मन खोलेर गाउ है गीत’, ‘बिहानीको घामको झुल्को’, वारीमा खोला पारीमा खोला’ र तिन फरक गायक तथा गायिकाहरुले गाएको गीत ‘नजुरेको लगन हाम्रो’ समावेश छन् ।
एल्बम सार्वजनिक कार्यक्रममा बोल्दै गीतकार अँगाईले भोलीका दिनमा आफ्नो रचना मर्न नपाउन् भन्दै सिर्जना तर्फ लागेको बताए । ‘मैले कुनै पैसा कमाउने अविलासाले एल्बम ल्याएको होइन । मेरो संगीत क्षेत्रमा एक ‘हार्डडिक्स’ बनोस भन्ने मेरो मनसाय मात्र हो ।’, अँगाईले भने । कार्यक्रम बरिष्ठ स्रष्टा रत्न शमशेर थापा, प्रेम धोज प्रधान, डा. कृष्ण हरी बराल लगायतको उपस्थिती थियो ।
सोहि कार्यक्रममा कम्पनीका संचालक सुबास रेग्मीले एल्बममा समाबेस सबै गीतहरु उत्कृष्ट रहेको र एल्बमले सोचेको भन्दा राम्रो ब्यापार गर्नेमा ढुक्क रहेको जानकारी दिनु भयो सोहि अबसरमा भन्नु भयो।सृजना भन्दा बढी कलाकार भएको पछिल्लो स्थितिलाई परिमार्जन गर्ने क्षेमता भएका व्यक्ति अँगाईमा आफु मात्र सृजना गर्ने हैन अरुलाई समेत सृजना गर्न सिकाउने क्षेमता भएका व्यक्ति हुन् ।अरु माथी तिको र सत्य बोल्ने व्यक्तिको मनमा पाप हुन्न यो उहामा पनि लागु हुन्छ त्यसैले उहाको यस एल्बमलाइ सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दछु।” कार्यक्रममा अतिथिहरुको निकै उपस्थिति रहेको थियो ।