नेपाली टीमका लागी जित मात्रै एक विकल्प : कप्तान खड्का

नेपाली टीमका लागी जित मात्रै एक विकल्प : कप्तान खड्का

  • बुधबार, अशोज २५, २०७४
  • मिर्मिरे अनलाइन

  • 6K
    SHARES

काठमाडौं आश्विन २५, ।

विश्व क्रिकेट लिग च्याम्पियनसिपमा हङकङविरुद्ध हुने खेलमा नेपालसँग जित बाहेक अर्को विकल्प नरहेको कप्तान पारस खड्काले बताएका छन् ।

विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नेपाल र हङकङबीच पर्सि शुक्रबार र आइतबार प्रतिस्पर्धा हुँदैछ ।

सोहि ५० ओभरको दुई खेल खेल्न नेपाली टोली आज बिहान हङकङ पुगेको हो । हङ्कङ बिमानस्थलमा कप्तान खड्काले भने, च्याम्पियनसिपमा नेपाली टोलीका लागि जित बाहेक अर्को विकल्प नभएके बताए ।

अहिलेको टिममा नयाँ तर अनुभवी खेलाडी रहेको उनलेबताए । १२ वर्षपछि नेपाली राष्ट्रिय टोलीले हङकङमा आधिकारिक खेल खेल्न लागेको हो ।

२००५ मा परेश लोहनीको कप्तानीमा नेपालले एसीसी फास्ट ट्रयाक कन्ट्रिज तीनदिवसीयमा प्रतिस्पर्धा गरेको थियो । सो टोलीका रहेका पारस अहिले राष्ट्रिय टिमका कप्तान छन् भने शरद भरपर्दा अलराउण्डर हुन् ।

हङकङ भ्रमणका अर्का अनुभवी खेलाडी शक्ति गौचन अस्वस्थताका कारण यस पटक नेपाली टोलीमा छैनन् ।

गत वर्ष सन्दीप लामिछानेले हङकङ ब्लिजमा काउलुनबाट खेलेका थिए । कप्तान पारसले शक्तिको अनुपस्थिति नेपाली टोलीका लागि ठूलो घाटा भए पनि दुई स्पिनर सुशन भारी र सुशील कँडेलका लागि भने अवसर भएको बताए ।

वसन्त रेग्मी र सन्दीप भएका कारण सुशन र सुशीलले प्लेयिङमै खेल्न पाउने सम्भावना निकै कम छ ।

च्याम्पियनसिपको अंक तालिकामा हङकङ ११ अंकसहित पाँचौं र नेपाल ८ अंकसहित छैटौं स्थानमा छ । च्याम्पियनसिपको शीर्ष चार टोली २०१९ को विश्वकप छनोटमा पुग्ने छ । नेपालले सातौं तथा अन्तिम चरणमा आगामी डिसेम्बरमा युएईसँग उसैको गृहमैदानमा खेल्ने छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ