फुटवलका अन्तराष्ट्रिय स्टार लियोनल मेसीको उत्कृष्ट ह्याट्रीकसगैं अर्जेन्टीना सन् २०१८ मा रुसमा हुने विश्वकपका लागि छनौट भएको छ ।
मेसीले ईक्वेडर विरुद्ध ह्याट्रीक गरेका हुन् ईक्वेडरले पनि एक गोल फर्कायो ।
यस खेलमा यदी जीत हासिल गर्न नसकेको भए अर्जेन्टिना विश्वकपबाट बाहिरीने खतरा बढेको थियो । यस्तोमा मैदानमा जिम्मेवारी लिएका स्टार फरवार्ड मेसीले उत्कृष्ट गोल गर्न सफल भएका थिए ।
उता विश्वकसको सर्वाधीक चर्चामा रहने मध्यको एक देश नेदरल्याण्ड भने विश्वकपबाट बाहिरीएको छ । नेदरल्याण्डले अन्तिम खेलमा स्वीडेन विरुद्ध जीत हासिल गरे पनि उ छनौट हुन सकेन ।
यस्तै पोर्चुगल पनि युरोपको समुह बी बाट समुह बीजेता बन्दै विश्वकपमा प्रवेश गर्यो ।
विश्वकपमा सानो मुलुक आईसल्याण्ड पनि छनौट हुन सफल भएको छ ।
यस्तै लुईस स्वारेजको गोलमा जीत निकाल्दै उरुग्वे पनि विश्वकपका लागि छनौट भएको छ ।