काठमाडौं आश्विन २४, ।
वल्र्ड क्रिकेट लिग च्याम्पियनसिप अन्र्तगत हङकङसँगको प्रतिपर्धाका लागी नेपाली क्रिकेट टोली आज त्यसतर्फ जार्दैँ छ । नेपालले हङकङ विरुद्ध आगामी शुक्रबार र आईतबार प्रतिस्पर्धा गर्ने छ ।
१४ खेलाडी र ४ अफिसियल सहितको नेपाली टोली राती पौने ११ बजे हङकङ प्रस्थान गर्ने नेपाली टोलीका टिम म्यानेजर रमन शिवाकोटीले जानकारी दिए ।
८ राष्ट्र सहभागी च्याम्पियनसिपमा नेपाल छैंटौं स्थानमा छ । शीर्ष चारमा रहँदै आसन्न विश्वकपमा छनोट हुन नेपालले बाँकी सबै खेल जित्नैपर्ने दवाब छ ।
१० खेलको समाप्तिमा ४ जित र ६ हार सहित नेपालको ८ अंक छ । समान खेलबाट ११ अंक जोडेको हङकङ तालिकाको पाँचौ स्थानमा छ ।
हङकङसंगको २ खेलपछि नेपालले युएईसंग तटस्थ भुमिमा २ प्रतिस्पर्धा गर्नेछ ।
टोलीका मुख्य प्रशिक्षक जगत टमाटाले टोली सन्तुलित र मानसिक रुपमा समेत फिट रहेकाले हङकङविरुद्ध जित निस्कनेमा आफु आशावादी रहेको बताएका छन् ।
प्रशिक्षक टमाटाले केन्याले नेदरल्याण्ड्सलाई हराएकाले केही दवाब थपिए पनि टोलीले उत्कृष्ट खेल खेल्ने दावी गरे ।
तयारी राम्रै भएको तथा ब्याटिङमा पनि समस्या नरहेको दावी गर्दै हङकङबाट अंक लिएर फर्कने उल्लेख गर्नुभयो ।
मैदानको अवस्था हेरी प्लेईङ सेटमा केही परिवर्तन हुने संकेत गर्दै उहाँले उपकप्तान ज्ञानेन्द्र मल्ल र सागर पुनलाई नै ओपनरका रुपमा प्रयोग गर्ने जानकारी दिनुभयो ।