एएफसी एशिया कपको छनौट चरणको खेल अन्तर्गत आज नेपालले ताजिकिस्तान विरुद्ध अवे म्याच खेल्दै छ । आज साझ पौने ७ बजे हिसोर रंगशालामा हुने खेलमा नेपालले जीत निकाल्ने लक्ष्य राखेको प्रशिक्षक कोजीले बताएका छन् । यस अघि होम म्याचमा क्रममा काठमाण्डौमा भएको खेलमा घरेलु मैदानमै नेपाल ताजिकिस्तानसगँ दुई एक गोल अन्तरले पराजीत भएकाले पनि नेपालले आज बदला लिने लक्ष्य राखेको छ ।
नेपालले छनौट हुने संभावना जीवित राख्न ताजिकिस्तानसगँको खेल जीत्नै पर्ने दवाव छ । नेपालको एक अंक मात्र रहेको छ भने ताजिकिस्तानको तीन अंक रहेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline