एन्फाले थ्रिस्टारलाई क्षतिपूर्ति बापत डेढ करोड रुपैयाँ दिने , विशेष साधारणसभाद्धारा प्रस्ताव पारित

एन्फाले थ्रिस्टारलाई क्षतिपूर्ति बापत डेढ करोड रुपैयाँ दिने , विशेष साधारणसभाद्धारा प्रस्ताव पारित

  • सोमवार, अशोज २३, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

काठमाडौं आश्विन २३, ।
ए डिभिजन क्लब रुस्लान थ्रिस्टारलाई क्षतिपूर्ति बापत डेढ करोड रुपैयाँ दिने प्रस्ताव अखिल नेपाल फुटवल संघ एन्फाको विशेष साधारणसभाले पारित गरेको छ ।

ललितपुरको एउटा होटलमा जारी विशेष साधारणसभाले यस्तो निर्णय गरेको हो । एशियाली फुटवल महासंघ एएफसीको निर्देशन अनुसार बिधान संशोधन र नयाँ नेतृत्व चयनका लागि अधिवेशनको मिति तय गर्न बसेको विशेष साधारणसभा अधिकांशले थ्रिस्टारलाई क्षतिपूर्ति दिनुपर्ने धारणा राखेपछि निर्णय गरिएको केन्द्रीय सदस्य एवंम् फुटसल समिति संयोजक रमेश रायमाझीले जानकारी दिनुभयो ।

त्यस्तै विशेष साधारणसभाले साफ अण्डर १८ फुटबल प्रतियोगिता विजेता युवा टोलीका सदस्यलाई जनही २ लाख रुपैयाँ प्रदान गर्ने निर्णय समेत गरेको छ । भुटानको थिम्पुमा सम्पन्न प्रतियोगितामा नेपालले अन्तिम खेलमा भारतलाई पराजित गर्दै उपाधि चुमेको थियो । त्यस्तै विधान संशोधन सम्बन्धी प्रस्तावमा जिल्ला र क्लवको प्रतिनिधिको संख्या झारेर २ र्पुयाउने प्रस्ताव अस्विकृत भएको छ । साधारणसभामा क्लव र जिल्लाबाट पुरानै व्यवस्था अनुसार ३–३ जनाको सहभागिता रहने केन्द्रीय सदस्य प्रकाश पंगेनीले जानकारी दिनुभयो । त्यस्तै १ जना प्रस्तावक र अर्का एक समर्थकलाई लिएर उम्मेदवार बन्न पाउने व्यवस्था गर्ने गरी विधानमा संशोधन गरिएको छ । यसअघि अध्यक्षका लागि ५ जना समर्थक र ५ जना प्रस्तावक आवश्यक पर्ने व्यवस्था थियो । विशेष साधारणसभाले यसअघि हटाइएको महिला समितिलाई ब्युँत्याउने निर्णय पनि गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ