धनगढी प्रिमियर लिग क्रिकेटधनगढी प्रिमियर लिग क्रिकेट

धनगढी प्रिमियर लिग क्रिकेटधनगढी प्रिमियर लिग क्रिकेट

  • सोमवार, अशोज २३, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.2K
    SHARES

काठमाडौँ, २२ असोज ।  धनगढी प्रिमियर लिग टी ट्वान्टी क्रिकेट प्रतियोगिताको दोस्रो संस्कारण आगामी माघमा हुने भएको छ ।
धनगढी क्रिकेट एकेडेमी (डीसीए)ले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा आगामी माघ ५ गतेदेखि प्रतियोगिता सञ्चालन गरिने आयोजक संस्थाका अध्यक्ष सुवासबहादुर शाहीले जानकारी दिनुभयो ।
उक्त प्रतियोगिताको मुख्य प्रायोजन विजय डिस्टिलरीको रुस्लानले गरेको छ । एक वर्षका लागि करिब रु ७० लाख बराबरको प्रायोजन गर्ने सम्झौतापत्रमा अध्यक्ष शाही र जाउलाखेल ग्रुप इन्डस्ट्रीजका निर्देशक श्रीहरशम्शेर जंगबहादुर राणाले हस्ताक्षर गर्नुभयो । मुख्य प्रायोजनबापत रुस्लानले आयोजक धनगढी क्रिकेट एकेडेमीलाई रु ३५ लाख नगद प्रदान गरेको छ भने रु ३५ लाख बराबरको विभिन्न सहयोग गर्ने कार्यक्रममा जानकारी दिइयो ।
प्रतियोगितामा टिम चौराहा धनगढी, सीवाइसी अत्तरिया, रुपन्देही च्यालेन्जर्स, कञ्चनपुर आइकोनिक, काठमाडौँ गोल्डेन्स, विराटनगर किंग्सलगायत आठ टोलीले प्रतिस्पर्धा गर्ने छन् । प्रतियोगिताको विजेताले रु २५ लाख र उपविजेताले रु १० लाखका साथै ट्रफी प्राप्त गर्नेछन् । तेस्रो हुनेले रु तीन लाख र चौथोले रु दुई लाख पुरस्कार पाउनेछन् ।
प्रतियोगितामा ‘म्यान अफ द सिरिज’ले टीभीएस अपाची १८० सीसीको मोटरसाइकल पाउनेछ भने प्रत्येक खेलका म्यान अफ द म्याचले रु १० हजार तथा उत्कृष्ट ब्याटस्म्यान र बलरलाई पनि पुरस्कार दिइने आयोजकले जनाएको छ । उक्त प्रतियोगिताको खेल धनगढीस्थित अञ्चल प्रहरी मैदानमा सञ्चालन हुनेछ । वैकल्पिक रुपमा फाप्ला क्रिकेट मैदानलाई तयार गरिने आयोजक संस्थाले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ