भुटानमा जारी साफ् अण्डर १८ च्याम्पियनसिपमा नेपालले भारतलाई दुई शुन्य गोलले पराजीत गर्दै उपाधी रक्षा गरेको छ । अघिल्लो संस्करण पनि नेपालले जीतेको थियो । नेपालको जीतमा नायक बने दिनेश हेन्जन । उनले खेलको दोस्रो मिनेटमै उत्कृष्ट गोल गर्दै एक शुन्यको अग्रता दिलाए । त्यस पछि ३६ औं मिनेटमा अनिल महर्जनको पासमा उत्कउष्ट गोल थप्दै उनले टिमलाई पहिलो हाफ्मै दुई शुन्यको अग्रता दिलाएका थिए ।
त्यस पछि दोस्रो हाफ्मा पनि नेपालले उत्कृष्ट प्रदर्शन गर्यो । ५६ औं मिनेटमा हेमजनले ह्याट्रीक गर्ने प्रयास गरे पनि भारतीय किपरले उत्कृष्ट बचाउ गरे ।
नेपालका गोल रक्षक अर्पण कार्कीले पनि भारतीय खेलाडीले गरेको केही प्रहारलाई उत्कृष्ट बचाउ गरेका थिए ।
नेपालले पहिलो खेलमा भुटानसगँ एक शुन्यले स्तव्ध भए पनि बाकीँ सबै खेलमा जीतेर उपाधी रक्षा गरेको हो ।
नेपाली टोली भोली स्वदेश फर्कने छ ।