साफ यू १८ फुटबलमा आज नेपालले भारतसँग खेल्दै

साफ यू १८ फुटबलमा आज नेपालले भारतसँग खेल्दै

  • बुधबार, अशोज ११, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.7K
    SHARES

काठमाडौं, असोज ११ ।
भुटानको थिम्पुमा जारी अन्डर–एट्टिन साफ च्याम्पियनसीप फुटबलको चौथो खेलमा आज नेपालले चिरपरिचित प्रतिद्धन्दी भारतसँग खेल्दैछ ।

यसअघिका दुई खेलमा जित र एक खेलमा हार बेहोरेको नेपालले फाइनल पुग्न आजको खेल जित्नैपर्ने दबाब छ ।

भुटानसँग पराजित हुँदा बंगलादेश र माल्दिभ्सलाई हराएको नेपाल ६ अंकसहित तेस्रो स्थानमा छ ।

समान ६ अंकबाट भारत शीर्ष स्थानमा, बंगलादेश दोस्रो स्थानमा र भुटान चौथो स्थानमा छन् ।

पाँच टिम सहभागी प्रतियोगितामा सबैले एक अर्का्विरुद्ध खेलिसकेपछि अंक तालिकाको शीर्ष स्थानमा रहने दुई टिमबीच फाइनल खेल हुनेछ ।

शीर्ष दुईमा रहन नेपालले भारतलाई जित्नैपर्नेछ । आज साँझ पौने ७ बजे सुरु हुने खेलको विजेताले उपाधिका लागि फाइनल खेल्नेछ ।

त्यस्तै अर्को खेलमा बंगलादेश र भुटान भिड्ने छन् । यो खेलको विजेता पनि फाइनलमा पुग्नेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ