भुटानमा जारी साफ् अण्डर १८ च्याम्पियनसिपमा नेपालले तेस्रो खेलमा बंगलादेश विरुद्ध जीत हात पार्दै फाईनल खेल्ने संभावना यथावत राखेको छ ।
आज साझ भएको खेलमा नेपालले बंगलादेश विरुद्ध दुई एक गोल अन्तरले हराउदै जीत आत्मसात गरेको हो ।
नेपालका लागि अभिषेक रिजालले २२ औं मिनेटमा गोल गरी अग्रता दिलाएका थिए । तर बंगलादेशले ३० औं मिनेटमा गोल फर्कायो ।
त्यस पछि ८० औं मिनेटमा लामो फ्रिकिकमा गोल गर्दै नेपालले जीत आत्मसात गर्यो । रोमन लिम्बुले ४० यार्डबाट गरेको प्रहार गोलमा परिणत भएको थियो । ५३ मिनेटमा बंगलादेश १० खेलाडीमा सीमित भए पछि पछि परेको हो ।
पहिलो खेलमा भुटानसगँ स्तव्ध भएको नेपाल दोस्रो खेलमा माल्दिभ्सलाई हराउन सफल भएको थियो ।नेपालले अब बुधबार भारत विरुद्ध प्रतिस्पर्धा गर्ने छ । आजैको खेलमा भारतले माल्दिभ्सलाई पराजीत गरेको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline