प्यालेष्टाईनसगँ पराजीत हुदै नेपाल प्रतियोगिताबाट बाहिरीयो

प्यालेष्टाईनसगँ पराजीत हुदै नेपाल प्रतियोगिताबाट बाहिरीयो

  • आइतवार, अशोज ८, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.2K
    SHARES

प्यालेस्टाईनसंग पराजित हुँदै नेपालले एएफसी १६ वर्ष मुनिको च्याम्पियनसिप छनोट चरणको अन्त्य गरेको छ । समुह चरणको अन्तिम खेलमा नेपाल, प्यालेस्टाईनसंग २–१ गोल अन्तरले पराजित भएको हो । नेपालको पराजयसंगै समुह डीको उपविजेता भारत प्रतियोगिताको छनोट नजिक पुगेको छ ।
समुहको एक्लो अपराजित टोली ईराक ७ अंक सहित प्रतियोगितामा सिधै छनोट भईसकेको छ । आज बिहान भएको खेलमा ईराक र भारतले गोल रहित बराबरी खेल्दै प्रतियोगिताको छनोटको यात्रा तय गरेका थिए ।
काठमाण्डौको हल्चोकस्थित एपीएफको मैदानमा घरेलु टोली नेपालविरुद्धको खेलमा प्यालेस्टाईनका मोहमद ह्रिदात नायक रहे । दुवै गोल उनको नाममा रह्यो । खेलको १० औं मिनेटमा विर्जेश चौधरीले पेनाल्टीमार्फत घरेलु टोलीलाई अग्रता दिलाएपनि त्यो लामो समय टिक्न सकेन ।
२८ आंै मिनेटमा बराबरी गोल गरेका मोहमदले ७५ औं मिनेटमा विजयी गोल गरे । नेपालले समुह चरणमा मात्र एक अंक बटुल्दै तालिकाको पुछारमा रह्यो । प्यालेस्टाईन ३ अंक जोड्दै तेस्रो स्थानमा रह्यो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ