सिम्रौनगढमा काँग्रेस र राजपा विजयी

सिम्रौनगढमा काँग्रेस र राजपा विजयी

  • शुक्रबार, अशोज ६, २०७४
  • मिर्मिरे अनलाइन

  • 4.9K
    SHARES

 

कलैया, ६ असोज ।

सिम्रौनगढ नगरपालिका प्रमुखमा नेपाली का“ग्रेसका विजयशंकर यादवले जित हात पार्नुभएको छ ।

यादवले पाँच हजार १३५ र निकटतम प्रतिद्वन्द्वी राजपाका किशोरी साह जयसवालले पाँच हजार ११५ मत ल्याउनुभएको छ । साहलाई का“ग्रेसले टिकट नदिएपछि पार्टी परिवर्तन गरी राजपाबाट उठ्नुभएको थियो ।
यसैगरी उपप्रमुखमा राजपाकी मीरा देवीले का“ग्रेसकी रीताकुमारी देवीलाई उछिन्दै पाँच हजार ५१४ मतसहित जित हात पार्नुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी का“ग्रेसकी रीता कुसवाहाले तीन हजार ९१७ मत ल्याएको प्रमुख निर्वाचन अधिकृत चन्द्रबहादुर सिजाइलीले जानकारी दिनुभयो ।

विश्रामपुर गाउँपालिकामा नेपाल लोकतान्त्रिक फोरम विजयी भएको छ । पार्टीले बारामा पहिलो पल्ट खाता खोलेको हो । फोरमका अमिरीलाल राउतले तीन हजार ६ सय २६ र उहाँका निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार जुल्लेफेकार अलि भुटोले एक हजार ५१२ मत ल्याएका थिए ।
त्यसैगरी उपाध्यक्षमा नेपाल लोकतान्त्रिक फोरमकी सुमित्रादेवी साहले दुई हजार ३१४ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी राजपाकी मधुमाया यादवले एक हजार २६० मत ल्याउनुभएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ