प्रत्यक्ष निर्वा्चित कार्यकारी प्रमुखको पक्षमा उभियो राप्रपा

प्रत्यक्ष निर्वा्चित कार्यकारी प्रमुखको पक्षमा उभियो राप्रपा

  • शुक्रबार, अशोज ६, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.2K
    SHARES

काठमाडौं , ६ असोज ।
राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले जनताबाट प्रत्यक्ष निर्वा्चित कार्यकारी प्रमुखको पक्षमा उभिने निर्णय गरेको छ ।

मुलुकमा शान्ति, स्थायित्व र सम्बृद्धिको लक्ष्य हासिल गर्न संवैधानिक राष्ट्रप्रमुख र जनताबाट निर्वा्चित कार्यकारी प्रमुखको शासकीय प्रणाली अपनाउनुपर्ने राप्रपाले निचोड निकालेको छ ।

पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा आज बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले संविधान जारी भएपनि मुलुकमा राजनीतिक स्थिरता कायम हुन नसकेकोमा चिन्ता व्यक्त गर्दै संविधानमा उल्लेखित शासकीय स्वरुपको कमजोरी सच्याउनुपर्ने प्रस्ताव अघि सारेको छ ।

यसअघि माओबादी केन्द्रले समेत प्रत्यक्ष निर्वा्चित कार्यकारी प्रमुखको पक्षमा अन्य दलसंग छलफल अघि बढाउने निर्णय गरेको थियो ।

राप्रपाले स्थानीय तहसंगै प्रदेश र प्रतिनिधी सभाको निर्वाचनमा पूर्ण समानुपातिक व्यवस्था गर्न माग समेत गरेको छ । बैठकले नेपाललाई हिन्दुराष्ट्र स्थापना गर्ने एजेण्डा सहित मंसिर १० र २१ गतेको प्रदेश र प्रतिनिधी सभाको निर्वाचनमा भाग लिने निर्णय गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ