एएफसी यू १६ छनोट खेलमा नेपाल र भारत बराबरीमा , नेपालको अघिल्लो चरण प्रवेश सम्भावना जिवितै

एएफसी यू १६ छनोट खेलमा नेपाल र भारत बराबरीमा , नेपालको अघिल्लो चरण प्रवेश सम्भावना जिवितै

  • शुक्रबार, अशोज ६, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.8K
    SHARES

काठमाडौं असोज ६ ।
एएफसी यू १६ छनोट चरणको दोस्रो खेलमा नेपालले भारतसँग अंक बाडेको छ ।

काठमाण्डौमा आज सम्पन्न खेलमा नेपालले भारतसँग बराबरी खेल्दै अंक बाडेको हो । नेपालले यो खेलबाट १ अंक जोड्न सफल भएको छ ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको भएपनि दोस्रो हाफमा दुबै टिमले दुई दुई गोल गर्न सफल भए ।

नेपालका लागी ब्रिजेश चौधरीले ७६ र ८८ औ मिनेटमा
दुई गोल गरेका थिए । भारतका लागी भने हरप्रितले गोल गर्न सफल भए ।

यो खेलसँगै प्रतियोगिताको अघिल्लो चरण प्रवेशका लागि नेपालले सम्भावना जीवित राखेको छ । नेपाल भने आजको खेलबाट १ अंक जोड्दै तेस्रो स्थानमा रहेको छ ।

भारतले आजको खेलबाट १ अंक थप्दै चार अंक बनाएको छ ।
आजै भएको पहिलो खेलमा प्यालेस्टाइनलाई पाराजित गर्दै ईराक विजयी भएको थियो । आईतवारको पहिलो खेलमा भारत र ईराकबीच प्रतिस्पर्धा हुनेछ ।

अब नेपालले पर्सि आईतवार प्यालेष्टाईनसँग प्रतिस्पर्धा गर्ने छ । प्यालेष्टाइन भने प्रतियोगिताबाट बाहिरिसकेको छ ।

प्रतियोगितामा एसियाका ४५ राष्टले विभिन्न १० समूहमा रहदै प्रतिस्पर्धा गरिरहेका छन् । प्रत्येक समूहका शीर्ष टोली र उत्कृष्ट पाँच उपविजेताले आयोजक मलेसिया सँगै सन् २०१८ को सेप्टेम्बरमा हुने अन्तिम चरणमा प्रतिस्पर्धा गर्ने छन् ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ