एएफसी यू १६ छनोट चरणको दोस्रो खेलमा नेपालले भारतको सामना गर्दै

एएफसी यू १६ छनोट चरणको दोस्रो खेलमा नेपालले भारतको सामना गर्दै

  • शुक्रबार, अशोज ६, २०७४
  • मिर्मिरे अनलाइन

  • 8.9K
    SHARES

काठमाडौं ,असोज ६ ।
एएफसी यू १६ छनोट चरणको दोस्रो खेलमा आज नेपालले चिरपरिचित प्रतिद्धन्द्धी भारतको सामना गर्दै छ ।

प्रतियोगिताको अघिल्लो चरण प्रवेशका लागि सम्भावना जीवित राख्नका लागि नेपाललाई आजको भारत विरुद्धको खेल जित्नै पर्ने दबाव रहेको छ । यता भारत भने प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गर्दै अघिल्लो चरणको सम्भावना बलियो पार्ने दाउमा हुनेछ ।

यसअघि पहिलो खेलमा नेपाल इराक सँग १–० गोल अन्तरले पराजित भएको थियो । भारतले भने आफ्नो पहिलो खेलमा प्यालेस्टाइनलाई ३ –० को गोल अन्तरले पराजित गरेका थियो । यस्तै आजै नै हुने पहिलो खेलमा इराक र प्यालेस्टाइन विच पनि प्रतिस्पर्धा हुदै छ ।

भारत तीन अंकका साथ समूह डी को शीर्ष स्थानमा रहेको छ भने समान तीन अंक भए पनि इराक गोल अन्तरका आधारमा दोस्रो स्थानमा छ । अंकविहीन नेपाल र प्यालेस्टाइन भने क्रमश तेस्रो र चौथो स्थानमा छ ।

प्रतियोगितामा एसियाका ४५ राष्टले विभिन्न १० समूहमा रहदै प्रतिस्पर्धा गरिरहेका छन् । प्रत्येक समूहका शीर्ष टोली र उत्कृष्ट पाँच उपविजेताले आयोजक मलेसिया सँगै सन् २०१८ को सेप्टेम्बरमा हुने अन्तिम चरणमा प्रतिस्पर्धा गर्ने छन् ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ