ताजा मतपरिणाम : कहाँ कस्को जित ?

ताजा मतपरिणाम : कहाँ कस्को जित ?

  • शुक्रबार, अशोज ६, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

काठमाडौ, ६ असोज ।
तेस्रो चरण अन्तरगत प्रदेश नम्बर दुईमा गत सोमबार भएको स्थानीय तह निर्वाचनको मतपरिणाम सार्वजनिक हुने क्रम जारी छ । निर्वाचन भएका १ सय ३६ स्थानीय तहमध्ये हालसम्म ५५ स्थानको मतपरिणाम सार्वजनिक भएको छ ।

पछिल्लो मतपरिणाम अनुसार १९ स्थानमा जीत हासिल गरेको नेपाली कांग्रेस शिर्ष स्थानमा छ । १० स्थानमा जीत हासिल गरेको माओवादी केन्द्र दोस्रो स्थानमा छ । यस्तै राष्ट्रिय जनता पार्टीले ८ स्थानमा प्रमुख पद जितेको छ ।

संघिय समाजवादी फोरम ७ र एमालेले ७ स्थानमा जीत हासिल गरेको छ । यस्तै २ स्थानको प्रमुख पद फोरम लोकतान्त्रिकले जितेको छ । एक स्थानको प्रमुख पदमा नेपाली जनता दल विजयी भएको छ । निर्वाचन भएका मध्ये ८१ स्थानको मतपरिणाम सार्वजनिक हुन बाँकी छ ।

मतगणना जारी रहेका मध्ये २३ स्थानमा कांग्रेसको अग्रता छ भने १२ स्थानमा एमाले र १५ स्थानमा माओवादी केन्द्र अगाडि छ । १३ स्थानमा राष्ट्रिय जनता पार्टीले अग्रता लिएको छ । संघिय समाजवादी फोरमले ८ स्थानमा अग्रता लिएको छ भने फोरम लोकतान्त्रिक १ स्थानमा अघि छ ।

प्रदेश नम्बर दुईको एकमात्र महानगर विरगन्ज महानगरपालिकामा महानगरपालिकामा नेपाली कांग्रेसको अग्रता कायम छ । कांग्रेसका अजय द्धिवेदी ३९३९ मतसहित शिर्ष स्थानमा हुनुहुन्छ भने उहाँलाई राजपाका उमेदवार राजेशमान सिंहले ३८३२ मतसहित पछ्याइरहनु भएको छ ।

तेस्रो स्थानमा रहेका संघिय समाजवादी फोरमका विजयीकुमार सरावगीले ३५२१ मत पाउनु भएको छ । नेकपा माओवादी केन्द्रका रहबर अन्सारीले २४२३ मत प्राप्त गर्नु भएको छ भने नेकपा एमालेका बशरुद्धिन अनसारीले १९७३ मत पाउनु भएको छ ।

तीन वटा उपमहानगरमध्ये बाराको कलैया उप महानगरपालिकामा नेकपा एमालेको अग्रता छ भने धनुषाको जनकपुर उपमहानगरपालिकामा राजपाको अग्रता छ भने बाराकै जीतपुर सिमरा उपमहानगरपालिकामा पनि एमाले नै अगाडि छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ