काठमाडौ ५ असोज ।
प्रदेश नम्बर २ का आठ जिल्लामा सोमबार सम्पन्न स्थानिय तहहको तेस्रो तरणको निर्वाचनको मतपरिणाम सर्वाजनिक हुने क्रम जारी नै छ ।
हालसम्म २८ वटा स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक भएको छ भने बाँकी स्थानमा मतगणना जारी रहेको निर्वाचन अयोगले जनाएको छ ।
सार्वजनिक मतपरिणाम अनुसार नेकपा एमालेले ४ स्थानमा जित हासिल गरेको छ भने नेपाली कांग्रेसले १० स्थानमा जीत हासिल गरेको छ । माओवादी केन्द्रले ५ तथा संघिय समाजवादी फोरमले तीन स्थानमा जीत हासिल गरेको छ ।
फोरम लोकतान्त्रिक २ स्थानमा विजयी भ्एको छ भने राष्ट्रिय जनता पाटीले ४ स्थानिय तहमा जित हासिल गरेको छ ।
अन्य स्थानको मतगणना जारी छ । मतगणना जारी रहेका मध्ये ४० स्थानमा नेपाली कांग्रेस अघि छ भने १८ स्थानमा माओवादी केन्द्रताले अग्रता लिएको छ । नेकपा एमाले १२ स्थानमा अघि छ । यस्तै राजपा पनि १९ स्थानमा अग्रस्थानमा छ भने संघिय समाजवादी फोरम २६ स्थानमा अघि छ ।
फोरम लोकतान्त्रिक एक स्थानमा मात्रै अघि छ ।
प्रदेश नम्बर दुईका तीन वटा उपमहानगरपालिका तर्फ दुईवटामा एमाले र एउटामा राजपाको अग्रता छ । बाराको कलैया उपमहानगरमा नेकपा एमालेको अग्रता छ भने बाराकै जीतपुर सिमरा उपमहानगरपालिकामा पनि एमाले नै अगाडि छ ।
यस्तै प्रदेश नम्बर दुईको एक मात्र महानगरपालिका विरगन्ज महानगरपालिकामा नेपाली कांग्रेसको अग्रता कायम छ । कांग्रेसका अजय द्धिवेदीले २६०४ मत पाउनु भएको छ भने उहाालाई पछ्याइरहनु भएका राजपाका राजेशमान सिंहले २५५८ मत पाउनु भएको छ ।
संघिय समाजवादी फोरमका विजयीकुमार सरावगीले १७५० मत पाउनु भएको छ । नेकपा माओवादी केन्द्रका रहबर अन्सारीले १४२८ मत प्राप्त गर्नु भएको छ भने नेकपा एमालेका बशरुद्धिन अनसारीले १२४९ मत पाउनु भएको छ ।
धनुषाको जनकपुर उपमहानगरपालिकामा राजपाका उमेदवार भारी मतले अघि छ । राजपा उमेदवार लालकिशोर शाहले ४ हजार ९ सय २८ मत पाउनु भएको छ भने दोस्रो स्थानमा रहेका कांग्रेसका मनोजकाुमार शाहले १६६३ मत पाउनु भएको छ ।
आयोगका प्रवक्ता नवराज ढकालका अनुसार हालसम्म ५७८ वटा वडाको अन्तिम मतपरिणाम प्राप्त भइसकेको छ ।
यस्तै
मतगणना बाँकी रहेका ११८ स्थानीय तहमध्ये केहि स्थानमा मतगणनामा गतिरोध उत्पन्न भएका कारण सर्वदलीय सहमति गरी मतगणना चालु गर्ने प्रयास भइरहेको र अन्य सबै स्थानमा मतगणना कार्य शान्तिपूर्णरूपमा जारी रहेको आयोगले जनाएको छ ।
मतगणना कार्यलाई शीघ्र सम्पन्न गर्न हाल ३३९ वटा मतगणना टोलीबाट मतगणना कार्य भइरहेको प्रवक्ता ढकालले जानकारी दिनुभयो ।
यसैबिच
राजपा नेपालका वडाध्यक्षको उम्मेदवारको निधन भएका कारण स्थगन भएको राजविराज नगरपालिका–१५ मा आज शान्तिपूर्णरुपमा मतदान सम्पन्न भएको निर्वाचन अयोगले जनाएको छ ।