दुई नम्बर प्रदेशको ताजा मतपरिणाम : कहाँ कस्को जीत ? (सूचीसहित)

दुई नम्बर प्रदेशको ताजा मतपरिणाम : कहाँ कस्को जीत ? (सूचीसहित)

  • बिहिबार, अशोज ५, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.6K
    SHARES

काठमाडौ ,५ असोज ।
तेस्रो चरण अन्तरगत प्रदेश नम्बर दुईमा गत सोमबार भएको स्थानीय तह निर्वाचनको मतपरिणाम सार्वजनिक हुने क्रम जारी छ । हालसम्म १७ वटा स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक भएको छ भने बाँकी स्थानमा मतगणना जारी रहेको निर्वाचन अयोगले जनाएको छ ।

हालसम्म सार्वजनिक मतपरिणाम अनुसार नेकपा एमालेले चार स्थानमा जित हासिल गरेको छ भने नेपाली कांग्रेसले पाँच स्थानमा जीत हासिल गरेको छ । माओवादी केन्द्रले दुई तथा संघिय समाजवादी फोरमले तीन स्थानमा जीत हासिल गरेको छ ।

फोरम लोकतान्त्रिक २ स्थानमा विजयी भ्एको छ भने राष्ट्रिय जनता पाटीले एक स्थानमा जित हासिल गरेको छ । हालसम्म पर्साको पटेर्वा सुगौली गाउँपालिका, धनुषाको बटेश्वर गाउँपालिका, सप्तरीको सप्तकोशी नगरपालिका र धनुषाको मुखियापट्टि गाउँपालिकामा नेकपा एमालेले जीत हासिल गरेको छ ।

यस्तै नेपाली कांग्रेसले सिराहाको नवराजपूर, धनुषाको औरही, धनुषाकै जनकनन्दिनी र सर्लाहीको धनकौल, सप्तरीको बेल्ही चपेना गाउँपालिका र सप्तरीको विष्णुपुर नगरपालिकामा जीत हासिल गरेको छ । माओवादी केन्द्रले सिरहाको कर्जन्हा नगरपालिका र अर्नमा गाउँपालिकामा जीत हासिल गरेको छ ।

धनुषाको हंसपुर नगरपालिकामा राजपा विजयी भएको छ भने सिरहाको विष्णपुर र भगवानपूर गाउँपालिकामा संघीय समाजवादी फोरम विजयी भएको छ । सर्लाहीको विष्णु गाउँपालिकामा फोरम लोकतान्त्रिकले जीत हासिल गरेको छ । अन्य स्थानको मतगणना जारी छ ।

मतगणना जारी रहेका मध्ये ४० स्थानमा नेपाली कांग्रेस अघि छ भने १८ स्थानमा माओवादी केन्द्रताले अग्रता लिएको छ । नेकपा एमाले १२ स्थानमा अघि छ । यस्तै राजपा पनि १९ स्थानमा अग्रस्थानमा छ भने संघिय समाजवादी फोरम २६ स्थानमा अघि छ ।

फोरम लोकतान्त्रिक एक स्थानमा मात्रै अघि छ । प्रदेश नम्बर दुईको एक मात्र महानगरपालिका विरगन्ज महानगरपालिकामा नेपाली कांग्रेसको अग्रता कायम छ । कांग्रेसका अजय द्धिवेदीले २६०४ मत पाउनु भएको छ भने उहाालाई पछ्याइरहनु भएका राजपाका राजेशमान सिंहले २५५८ मत पाउनु भएको छ ।

संघिय समाजवादी फोरमका विजयीकुमार सरावगीले १७५० मत पाउनु भएको छ । नेकपा माओवादी केन्द्रका रहबर अन्सारीले १४२८ मत प्राप्त गर्नु भएको छ भने नेकपा एमालेका बशरुद्धिन अनसारीले १२४९ मत पाउनु भएको छ ।

प्रदेश नम्बर दुईका तीन वटा उपमहानगरपालिका तर्फ दुईवटामा एमाले र एउटामा राजपाको अग्रता छ । बाराको कलैया उपमहानगरमा नेकपा एमालेको अग्रता छ भने बाराकै जीतपुर सिमरा उपमहानगरपालिकामा पनि एमाले नै अगाडि छ ।

धनुषाको जनकपुर उपमहानगरपालिकामा राजपाका उमेदवार भारी मतले अघि छ । राजपा उमेदवार लालकिशोर शाहले ४ हजार ९ सय २८ मत पाउनु भएको छ भने दोस्रो स्थानमा रहेका कांग्रेसका मनोजकाुमार शाहले १६६३ मत पाउनु भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ