प्रदेश २ मतगणना : काग्रेसको अग्रता कायमै , वीरगन्ज महानगरपालिकामा र जनकपुर उपमहानगरमा राजपा अगाडि

प्रदेश २ मतगणना : काग्रेसको अग्रता कायमै , वीरगन्ज महानगरपालिकामा र जनकपुर उपमहानगरमा राजपा अगाडि

  • बुधबार, अशोज ४, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.1K
    SHARES

काठमाडौं, असोज ४ ।

प्रदेश नम्बर २ का आठ जिल्लामा भएको स्थानीय तह निर्वाचनको अहिले राजविराज नगरपालिकाबाहेक १३३ वटा स्थानीय तहमा २९८ टोलीबाट मतगणना भइरहेको छ ।

प्रारम्भिक मत गणनामा ६ वटा दलबीच तिब्र प्रतिस्पर्धा देखिएको छ । नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनता पार्टी, संघीय समाजवादी फोरम र नेपाल लोकतान्त्रिक फोरमका उम्मेदवारबीच प्रतिस्पर्धा देखिएको हो ।

मतगणना भइरहेका स्थानीय तहमध्ये प्राप्त पछिल्लो विबरण अनुसार मतगणनामा सत्ता नेतृत्वकर्ता दल नेपाली कांग्रेसले फराकिलो अग्रता कायमै राखेको छ । तर, २ नम्बर प्रदेशका एक महानगर र तीन उपमहानगरमा भने कांग्रेस पछि परेको छ ।

पछिल्लो मतगणनामा कांग्रेस २८ स्थानमा अगाडी छन भने एमाले १८ स्थानमा अगाडी छ । संघीय समाजवादी फोरम १५, माओवादी केन्द्र १४ स्थानमा र राजपा १० स्थानमा अगाडी छ । नेपाल लोकतान्त्रिक फोरम २ स्थानमा अगाडी छ ।

अघिल्ला दुई चरणकोजस्तै तेस्रो चरणमा तराई मधेसमा भएको निर्वाचनको मतगणना पनि अत्यत्नै सुस्त गतिमा भइरहेको छ । यही हिसावले मतगणना भए मतपरिणाम आउन साता दिनसम्म लाग्ने अनुमान गरिएको छ ।

प्रारम्भीक मतगणनामा कांग्रेस ठूला नगरमा भने पछि परेको छ । वीरगन्ज महानगरपालिकामा र जनकपुर उपमहानगरपालिकामा राजपा अगाडि छ भने जितपुर सिमरा र कलैया उपमहानगरपालिकामा एमाले अगाडि छ । रौतहटको गौर, सिरहाको लहान नगरपालिकामा एमाले अगाडि छ ।

राजमार्गका स्थानीय तहमा एमालेलाई कांग्रेस र माओवादी केन्द्रले बराबरी टक्कर दिएका छन् । राजमार्ग क्षेत्रबाट बढी आशा गरेको एमालेका लागि दुई दलको सामना गर्नुपर्ने भएपछि परिणाम आफ्नोतिर पार्न सकस पार्न निश्चित छ ।

यसैबीच, रौतहटको गरुडा नगरपालिका–३ को वडाध्यक्ष पदमा नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र)का उम्मेदवारबीच एक मत फरकको परिणाम आएपछि माओवादी केन्द्रका उम्मेदवारले पुनः मतगणनाका लागि निवेदन दर्ता गराएका छन् ।
सो विषयमा राजनीतिक सहमति कायम भएलगत्तै उक्त स्थानीय तहमा मतगणना पुनः शुरु हुने बताइएको छ ।

त्यस्तै, बारा जिल्लाका बारागढी गाउँपालिकामा माओवादी केन्द्रका प्रतिनिधि उपस्थित नभई मतपेटिका खोलिएको भन्ने विषयमा सामान्य विवाद उठेपछि रोकिएको मतगणना राजनीतिक सहमति जुटाएर मतगणना शुरु गर्ने प्रयास भइरहेको सूचना प्राप्त भएको छ ।

राजविराज नगरपालिकाको वडा नं १५ का राष्ट्रिय जनता पार्टीका वडाध्यक्षका उम्मेदवारको निधन भएकाले उक्त वडामा असोज ५ गते मतदान भएपछि मात्रै मतगणना कार्य शुरु हुने बताइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ