स्पेनिस ला लिगामा बार्सिलोनाको विजयी यात्रा कायमै ,मेस्सीले गरे ४ गोल

स्पेनिस ला लिगामा बार्सिलोनाको विजयी यात्रा कायमै ,मेस्सीले गरे ४ गोल

  • बुधबार, अशोज ४, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.6K
    SHARES

काठमाडौं, असोज ४ ।
स्पेनिस ला लिगा फुटबलमा एइबरलाई ६–१ ले हराउदै बार्सिलोनाले विजयी यात्रालाई कायमै राखेको छ ।

घरेलु मैदानमा गएराति भएको खेलमा लगातार पाँचौं जित दर्ता गर्ने क्रममा बार्सिलोनाका लागि लियोनल मेस्सी एक्लैले चार गोल गरे । यस्तै पाउलिन्हो र डेनिस स्वारेजले एक–एक गोल गरे ।

एइबरका लगि एनरिचले एक गोल फर्काए । मेस्सीले यो सिजन सबै प्रतियोगितामा गरेर अहिलेसम्म १२ गोल गरिसकेका छन् ।

लगातार पाँचौं जित निकालेको शीर्ष स्थानको बार्सिलोनाको १५ अंक भएको छ ।

गएराति नै भएको अर्को खेलमा मालागालाई ५–० ले हराएको भ्यालेन्सिया पाँच खेलबाट ९ अंक जोड्दै तेस्रो स्थानमा उक्लिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ