ताजा अपडेट : प्रदेश नम्बर २ निर्बाचन कांग्रेसको अग्रता , फोरम र एमाले पछ्याउँदै

ताजा अपडेट : प्रदेश नम्बर २ निर्बाचन कांग्रेसको अग्रता , फोरम र एमाले पछ्याउँदै

  • बुधबार, अशोज ४, २०७४
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

काठमाडौं, असोज ४ ।
प्रदेश नम्बर २ का आठ जिल्लामा भएको स्थानीय तह निर्वाचनको मत गणनाको प्रारम्भिक नतिजा आउने क्रम जारी छ ।

निर्वाचन भएका ८ जिल्लाका १ सय ३६ स्थानीय तहमध्ये १ सय ३५ तहमा मतगणना जारी छ । सप्तरीको राजविराज नगरपालिकाको एउटा वडामा निर्वाचन नभएकाले सो नगरपालिकामा भने मत गणना हुन सकेको छैन ।

प्रारम्भिक मत गणनामा ६ वटा दलबीच प्रतिस्पर्धा देखिएको छ । नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनता पार्टी, संघीय समाजवादी फोरम र नेपाल लोकतान्त्रिक फोरमका उम्मेदवारबीच प्रतिस्पर्धा देखिएको हो ।

मतगणना भइरहेका स्थानीय तहमध्ये प्राप्त पछिल्लो जानकारीअनुसार नेपाली कांग्रेस सबैभन्दा बढी स्थानीय तहमा अगाडि देखिएको छ ।

अहिलेसम्म कांग्रेसले ३३ स्थानीय तहमा अगाडि छ । त्यसैगरी संघीय समाजवादी फोरम २५, नेकपा एमाले २३, नेकपा माओवादी केन्द्र १९, राष्ट्रिय जनता पार्टी १६ र नेपाल लोकतान्त्रिक फोरमले ३ स्थानीय तहमा अग्रता लिइरहेका छन् ।

पर्सामा वीरगन्ज महानगरपालिकासहित २ स्थानीय तहमा नेपाली कांग्रेसले अग्रता लिएको छ । त्यसैगरी नेकपा एमालेले ३, संघीय समाजवादी फोरमले २, राष्ट्रिय जनता पार्टीले २ र नेकपा माओवादी केन्द्रले एउटा स्थानीय तहमा अग्रता लिएका छन् ।

यस्तै बारामा पनि नेपाली कांग्रेसले ५, राष्ट्रिय जनता पार्टीले ४, नेकपा एमालेले दुई उपमहानगरपालिकासहित ३, संघीय समाजवादी फोरमले ३, माओवादी केन्द्रले १ र नेपाल लोकतान्त्रिक फोरमले १ स्थानीय तहमा अग्रता लिएका छन् ।

रौतहटमा पनि नेपाली कांग्रेसका उम्मेदवार ७ वटा स्थानीय तहमा अगाडि देखिएका छन् ।

त्यसैगरी नेकपा माओवादी केन्द्रका उम्मेदवार ६ स्थानीय तहमा अगाडि देखिँदा संघीय समाजवादी फोरम र नेकपा एमाले २र२ वटा स्थानीय तहमा अगाडि छन् ।

रौतहटको एउटा स्थानीय तहमा राष्ट्रिय जनता पार्टीका उम्मेदवार अग्रस्थानमा छन् । सर्लाहीमा पनि कांग्रेसले ५ वटा स्थानीय तहमा अग्रता लिएको छ ।

त्यसैगरी संघीय समाजवादी फोरम, नेकपा माओवादी केन्द्र र नेकपा एमालेले ३र३ स्थानीय तहमा अग्रता लिएका छन् भने राष्ट्रिय जनता पार्टीका उम्मेदवार तीन वटा स्थानीय तहमा अगाडि छन् ।

महोत्तरीमा नेपाली कांग्रेसका उम्मेदवार ५ वटा स्थानीय तहमा अगाडि छन् ।

राष्ट्रिय जनता पार्टी ३, संघीय समाजवादी फोरम २, नेपाल लोकतान्त्रिक फोरम २ स्थानमा अगाडि रहँदा नेकपा एमाले र नेकपा माओवादी केन्द्रका उम्मेदवार १÷१ स्थानीय तहमा अगाडि छन् ।

महोत्तरीको एउटा स्थानीय तहमा भने स्वतन्त्र उम्मेदवार अगाडि देखिएका छन् ।

धनुषामा भने संघीय समाजवादी फोरमका उम्मेदवार ५ वटा स्थानीय तहमा अगाडि देखिएका छन् ।

एमाले ३, माओवादी केन्द्र २ स्थानीय तहमा अगाडि रहँदा नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टीका उम्मेदवारले एक÷एक स्थानीय तहमा अग्रता लिइरहेका छन् ।

जनकपुर उपमहानगरपालिकामा भने राष्ट्रिय जनता पार्टीका उम्मेदवार अग्रस्थानमा छन् ।

सिरहामा भने नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र संघीय समाजवादी फोरमका उम्मेदवार समान चार÷चार स्थानीय तहमा अगाडि देखिएका छन् ।

त्यसैगरी सप्तरीमा नेपाली कांग्रेस र संघीय समाजवादी फोरमका उम्मेदवार चार÷चार स्थानीय तहमा अगाडि देखिएका छन् ।

त्यसैगरी नेकपा एमालेले ३ स्थानीय तहमा अग्रता लिँदा राष्ट्रिय जनता पार्टीका उम्मेदवारले २ स्थानीय तहमा अग्रता लिएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ