राजविराज नगरपालिकाबाहेक सबै १३५ स्थानीय तहको मतगणना जारी

राजविराज नगरपालिकाबाहेक सबै १३५ स्थानीय तहको मतगणना जारी

  • मङ्लबार, अशोज ३, २०७४
  • मिर्मिरे अनलाइन

  • 9.1K
    SHARES

काठमाडौँं, ३ असोज ।
स्थानीय तहको तेस्रो चरणको निर्वाचनअन्तर्गत प्रदेश नं २ का आठ जिल्लाका १३६ स्थानीय तह मध्ये राजविराज नगरपालिकाबाहेक सबै स्थानीय तहको मतगणना जारी रहेको निर्वाचन आयोगले जनाएको छ ।

पछिल्लो विवरणअनुसार, १३६ स्थानीय तहमध्ये १३५ वटा स्थानीय तहको मतगणना जारी रहेको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो ।

राजविराज नगरपालिकाको वडा नं १५ का राष्ट्रिय जनता पार्टीका वडाध्यक्षका उम्मेदवारको निधन भएकाले उक्त वडामा असोज ५ गते मतदान भएपछि मात्रै राजविराज नगरपालिकाको मतगणना कार्य शुरु हुनेछ ।

दुई नम्बर प्रदेशको एकमात्र महानगर वीरगञ्ज महानगरपालिकामा आज अपरान्हबाट मतगणना शुरु भएको छ । सर्वदलीय बैठक ढिलो गरी बसेका कारण मतगणनामा ढिलाइ भएको हो । मतगणनास्थलमा सिसी क्यामेरा जडान गरिएको छ ।

वीरगञ्ज महानगरपालिका– १ स्थित ठाकुरराम बहुमुखी क्याम्पसमा मतगणना शुरु गरिएको प्रमुख निर्वाचन अधिकृत विष्णु सुवेदीले जानकारी दिनुभयो ।

पर्सामा १४ स्थानीय तह रहेको छ । एक महानगरपालिका, तीन नगरपालिका र १० वटा गाउँपालिकाको मतदाता संख्या दुई लाख ८० हजार २१२ रहेकामा दुई लाख एक हजार ७५२ मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

यस्तै धनुषाको जनकपुर, कलैया र जितपुर सिमरा गरी तीन वटै उपमहानगरपालिकाको मतगणना पनि अपरान्हबाट नै सुरु भएको छ । बाराको १६ वटा स्थानीय तहमध्ये ७ वटामा स्थानीय तहको मतगणना आज बिहानैबाट जारी छ ।

सर्लाहीको लालबन्दी नगरपालिकाको वडा नम्बर १४ को डाइनी दोभान मतदान केन्द्रको मतपेटिका ल्याउन ढिलाई भएपछि उक्त नगरपालीकाको सबै स्थानीय तहको निार्वचन जारी छ ।
स्थानीय खोलामा बाढी आएका कारण मत पेटिका ल्याउन समस्या भएपछि नेपाली सेनाको हेलिकप्टरबाट आज बिहान मात्र मतपेटिका ल्याएपछि मात्रै मतगणना सुरु भएको हो ।

यस्तै सिरहाको कल्याणपुर नगरपालिका, बाराको बारागढी नगरपालिका, धनुषाको गणेशमान चारनाथ र क्षिरेश्वरनाथ नगरपालिकाको गएरातिबाट नै मतगणना जारी छ । रौतहटको १८ वटा तहमध्ये १२ वटा तहको मतगणना सुरु भएको छ ।

सर्लाहीका सबै २० स्थानीय तहमा मतगणना भईरहेको छ । महोत्तरीका ९ स्थानसहित धनुषाको मिथिला, बिहारी र गणेशमान चारनाथ नगरपालिका, सप्तरीको सप्तकोशी गाउँपालिका, रौतहटको गौर नगरपालिकाको मत गणना जारी छ ।

यस्तै सिरहाको लहान, बाराको सिम्रौनगढ नगरपालिकामा पनि मतगणना भईरहेको छ । भने पर्साको वीरगंज महानगरपालिका सहित सबै १४ स्थानीय तहको मतगणना भईरहेको छ ।

सर्लाहीको लालबन्दी नगरपालिका वडा नम्बर १४ को डाइनी दोभान मतदान केन्द्रको मतपेटिका हेलिकप्टर मार्फत ल्याईएपछि गण्ना भईरहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ