लिगलिगको ऐतिहासिक धार्मिक पुरातत्व तथा संस्कृतिको संरक्षण गर्न दौड गर्न लागेको आयोजकको भनाइ

लिगलिगको ऐतिहासिक धार्मिक पुरातत्व तथा संस्कृतिको संरक्षण गर्न दौड गर्न लागेको आयोजकको भनाइ

  • शनिबार, भदौ ३१, २०७४
  • मिर्मिरे अनलाइन

  • 9.8K
    SHARES

काठमाडौँ । हरेक बर्ष बडा दशैंको अबसर पारेर हुने लिगलिगे दौड यस वर्ष पनि हुने भएको छ ।

गोरखाको लिगलिगको ऐतिहासिक धार्मिक पुरातत्व तथा संस्कृतिको संरक्षण गर्ने भन्दै लिगलिग कोट बिकास अभियानले यसवर्ष पनि बडा दशैंको अबसर पारेर लिगलिगे दौडको आयोजना गर्न लागेको हो ।

आज काठमाडौँमा पत्रकार सम्मेलन गरेर लिगलिग कोट बिकास अभियानले यस वर्षकाे दौड असोज ९ गते हुने जानकारी दिएको छ ।

आजभन्दा करिव ४५५ वर्षअघि लिगलिगमा एक वर्षका लागि नयाँ राजा छानिने परम्परा थियो । दौड सातबजे चेपे र मस्र्याङ्दीको दोभानबाट सुरु गरिने आयोजक लिगलिग बिकास अभियानले जानकारी दिएकाे छ ।

दौड चेपे र मस्र्याङ्दीको दोभानबाट सुरु भई ढिकीडाँडा, ठाँटीपोखरी, पानी ट्याङ्की, छापथोक, बडडाँडा, साउनेपानी, बोहोरागाउँ, सभा चौतारो, मैबल, दर्बेपानी, बिजुलीडाँडा, खोली चौतारोदेखि लिगलिगकोट गडीसम्मको १३ .५ किलोमिटर दुरी पार गर्नुपर्नेछ ।

बिसं १६१६ मा द्रव्य शाह दौडेर राजा भएपछि गोरखा राज्यमा शाहवंशको उदय भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ