काठमाडौं ,३१ भदौ ।
आयोजक मलेसियालाई हराउदै नेपाल, एसीसी अन्डर १९ इस्र्टन रिजनल क्रिकेट च्याम्पियनसिपको फाईनलमा प्रवेश गरेको छ ।
सेमिफाईनलको खेलमा मलेसियलालाई १० विकेटले पराजित गर्दै नेपाल प्रतियोगिताको उपाधि नजिक पुगेको हो ।
प्रतियोगिताको उपाधि विजेता टोली एसिया कपमा छनोट हुनेछ । ओपनर सन्दिप सुनार र आसिफ शेखले अर्धसतकीय पारी खेलेपछि नेपालले समुह बीको विजेता मलेसियाविरुद्व सहज जित निकालेको हो ।
शन्दिपले ५१ तथा असिफले ५० रनको योगदान दिए । १ सय २२ रनको लक्ष्य नेपालले २३ दशमलव ४ ओभरमा विना विकेटको क्षतिमा पुरा र्गयो । यसअघि नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङमा उत्रिएको मलेसिया ४२ ओभरमा १ सय २१ रनमा समेटिएको थियो ।
समुह चरणका खेलमा गरेको प्रर्दशन दोर्हयाउने क्रममा नेपालले समेमिफाईनलमा समेत उत्कृष्ट बलिङ प्रर्दशन र्गयो । कप्तान दीपेन्द्र सिंह ऐरीले ५ विकेट लिए ।
पवन सर्राफले २ तथा रोहित कुमार पौडेल, शाहब आलम र सन्दिप लामिछानेले समान एकरएक विकेट लिए । मलेसियाका लागि ओपनर नालिन डे सिल्भाले सर्वा्धिक ३९ रन जोडेका थिए ।