गायक तथा संचारकर्मी कपिल कसपालको प्रेम पत्र लोकार्पण सम्पन्न

गायक तथा संचारकर्मी कपिल कसपालको प्रेम पत्र लोकार्पण सम्पन्न

  • शुक्रबार, भदौ ३०, २०७४
  • मिर्मिरे अनलाइन

  • 11.4K
    SHARES

कमल सरगम
काठमान्डौ।
गीत संगीतको लागि सधैब निरन्तर भूमिका खेल्ने चर्चित म्यूजिक कम्पनि बिन्धबासीनी म्यूजिक प्रालिको प्रस्तुतिमा आज राजधानी स्थिति एक पार्टी प्यालेसमा गायक /रचनाकार तथा संचारकर्मी कपिल कसपालको सांगीतिक एल्बम “प्रेमपत्र” love letter एल्बम को बिमोचन तथा “रसिलो ओठ”को म्यूजिक भिडियो लोकार्पण सम्पन्न भएको छ ।
बिन्धबासीनी म्यूजिक प्रालिका संचालक सुबास रेग्मीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा संगीत क्षेत्रका बिसिष्ठ व्यक्तिहरुको बाक्लो उपस्थिति रहेको थियो ।
प्रमुख अतिथिको रुपमा वरिष्ठ सङीतकार कर्म योन्जन रहनु भएको थियो भने बिशेष अतिथिहरुमा वरिष्ठ गीतकार नगेन्द्र थापा,वरिष्ठ निर्देशक प्रकाश सायमी,वरिष्ठ रचनाकार सुबास चन्द्र ढुङेल,वरिष्ठ सङीत्कार भुपेन्द्र रायमाझी,चर्चित सङीत्कार हरि लम्साल ,बरिष्ठ संगीतकार बद्री नारायण ताम्राकार लगाएतको उपस्थिती रहेको थियो।
स्वागत मन्तब्य भने मोर्डन स्कुल तथा कलेज का प्राचार्य अनिल कसपालले दिनुभएको थियो।
एल्बम भित्र समाहित सबै गीतहरुमा स्वर कपिल कसपालको रहेको छ भने संगीत र शब्द मिश्रित कलाकारहरुको रहेको छ
गीतहरु
१.रसिलो ओठ-शब्द:कपिल कपासल -संगीत :कल्याण सिंह
२.आई लभ यु -शब्द :प्रकाश न्यौपाने -संगीत :प्रकाश न्यौपाने स्वरमा महिला आवाज एन्जला श्रेष्ठ
३.नाजोखेर जोखिन्छ-शब्द :कपासल-संगीत :सुरेश कुमार
४.मौसम पनि रमाईलो छ-शब्द:कपिल कसपाल -संगीत:कैलास भुसाल र कपिल कसपाल
५.मेरो माया तिमीलाई-शब्द:सुबास चन्द्र ढुंगेल -संगीत :हरि लम्साल
६.आसा र विश्वास -शब्द: कसपाल -संगीत :भुपेन्द्र रायमाझी

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी