विकासका नयाँ योजना बनाउन एमाले नै सरकारमा पुग्नुपर्छः ओली

विकासका नयाँ योजना बनाउन एमाले नै सरकारमा पुग्नुपर्छः ओली

  • शुक्रबार, भदौ ३०, २०७४
  • मिर्मिरे अनलाइन

  • 5K
    SHARES

 

बर्दिवास, ३० भदौ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको समृद्धिको नेतृत्व आफ्नो पार्टीको इच्छा रहेको बताउनुभएको छ ।

महोत्तरीको बर्दिवासमा एमाले बर्दिवास नगर कमिटीले आज साँझ आयोजना गरेको चुनावीसभालाई सम्बोधन गर्दै नेता ओलीले समृद्धिको नेतृत्व एमालेबाहेक अरू कसैले गर्न नसक्ने ठोकुवा गर्नुभयो । उहाँले विकासका नयाँ योजना बनाउन फेरि एमाले नै सरकारमा पुग्नुपर्छ भन्नुभयो ।

एक वर्षअघि आपूm प्रधानमन्त्री छँदा बजेट नै विनियोजन गरिएका मधेशका विकास योजना आफ्नो सरकार ढालिएसँगै ढलेको ओलीको भनाइ थियो ।
मधेशमा एमाले र आपूmविरुद्ध भ्रम फैलाएर केही शक्ति दुनो सोझ्याउन लागि परे पनि मधेशी जनताले भ्रम फैलाउनेको खेल बुझिसकेको अध्यक्ष ओलीले बताउनुभयो । “मेराविरुद्ध भूmठ प्रचारको मधेशमा जेहाद नै छेडिएको छ”, ओलीले भन्नुभयो, “तर मधेश र मधेशीको समृद्धिका लागि एमालेबाहेक कसैले चूँसम्म बोलेका छैनन् ।”

चुनावीसभालाई एमाले केन्द्रीय सदस्य तथा सांसद रामदयाल मण्डल र गणेश पहाडी एवं केन्द्रीय सदस्य देवशंकर पौडेल, युवा सङ्घ नेपालका केन्द्रीय उपाध्यक्ष चन्द्र तामाङ र विद्यार्थी नेता दीपक गौतम लगायतले सम्बोधन गर्नुभयो । एमालेका बर्दिवास नगर संयोजक शारदाप्रसाद ढुंगानाको अध्यक्षतामा सम्पन्न चुनावीसभामा गायक बद्री पँगेनी, प्रिया भण्डारी र नायिका वर्षा राउतसहितका कलाकारले गीत–संगीत प्रस्तुत गर्नुभएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ