‘पार्टीकै अन्तरघातले काँग्रेस पराजित’

‘पार्टीकै अन्तरघातले काँग्रेस पराजित’

  • शुक्रबार, भदौ ३०, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

 

हेटौँडा, ३० भदौ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँडले स्थानीय तह निर्वाचनमा काँग्रेसले काँग्रेसलाई नै घात गरेका कारण धेरै ठाउँमा हार बेहोर्नुपरेको बताउनुभएको छ ।

काँग्रेस मकवानपुरको जिल्ला भेला एवं दुईदिने प्रशिक्षण कार्यक्रमको आज यहाँ उद्घाटन गर्दै उहाँले प्रदेश र केन्द्रीय निर्वाचनमा पनि यस्ता घात गर्नेहरु देखिएमा पार्टी केन्द्रले कारबाही गर्ने चेतावनी दिनुभयो ।

केन्द्रीय सदस्य महालक्ष्मी उपाध्यायले हेटौंँडालाई प्रदेश नं ३ को राजधानी बनाउनका निम्ति काँग्रेसले पहल गरिरहेको जानकारी दिनुभयो । केन्द्रीय सदस्य शङ्कर भण्डारीले स्थानीय तहको निर्वाचनमा भएका गल्तीलाई सच्याउँदै केन्द्र र प्रदेशको निर्वाचनमा लाग्नु आवश्यक रहेको औँल्याउनुभयो ।

कार्यक्रममा काँग्रेस मकवानपुर सभापति इन्द्रबहादुर बानियाँ, नेपाल तामाङ संघका अध्यक्ष काविल तामाङ, काँग्रेस मकवानपुरका निवर्तमान सभापति रघुरमण न्यौपानेलगायतले पार्टीभित्र मौलाउँदै गएको अन्तरघात प्रवृत्तिले पार्टीलाई फाइदा नहुने बताउनुभयो । शनिबारसम्म चल्ने प्रशिक्षणमा जिल्लाभरका करिब २०० अगुवा कार्यकर्ताको सहभागिता छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ