मताधिकार प्रयोग गर्नु नपर्ने मन्त्रीहरु निर्वाचन क्षेत्रमा नजानुस् : आयोग

मताधिकार प्रयोग गर्नु नपर्ने मन्त्रीहरु निर्वाचन क्षेत्रमा नजानुस् : आयोग

  • शुक्रबार, भदौ ३०, २०७४
  • मिर्मिरे अनलाइन

  • 8.2K
    SHARES

 

काठमाडौँ, ३० भदौ । निर्वाचन आयोगले तेस्रो चरणको स्थानीय तह निर्वाचन हुने प्रदेश नं २ का जिल्लामा असोज २ गते हुने निर्वाचनमा आफ्नो मताधिकार प्रयोग गर्नु नपर्ने नेपाल सरकारका मन्त्रीलाई उपस्थित नभइदिन आग्रह गरेको छ ।

मतदानमा आफ्नो मताधिकार प्रयोग गर्न सम्बन्धित जिल्लामा रहनुपर्ने मन्त्रीबाहेक अन्य मन्त्रीको उपस्थितिले निर्वाचनमा स्वच्छता, निष्पक्षता र स्वतन्त्रतामा आँच पुग्न सक्ने जनाउँदै आयोगले मताधिकार प्रयोग गर्नु नपर्ने मन्त्रीलाई निर्वाचन हुने जिल्लामा उपस्थित नभइदिन आयोगले अनुरोध गरेको हो ।

निर्वाचन आचारसंहिता उल्लङ्घन नहुने गरी मताधिकारको प्रयोगका लागि आफ्नो मतदान केन्द्र रहेको जिल्लामा मन्त्रीको उपस्थित हुनु स्वाभाविकै हो भन्दै आयोगले शुक्रबार राति १२ बजेपछि निर्वाचनको मौन अवधि शुरु हुने भएकाले मताधिकार प्रयोग गर्नु नपर्ने मन्त्रीलाई जिल्लामा उपस्थिति नभइदिन आग्रह गरिएको प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो ।

सो विषयमा मन्त्रीलाई अनुरोध गरी त्यसको जानकारी आयोगमा गराउन आयोगले बारा, पर्सा, रौतहट, सर्लाही, सिरहा, महोत्तरी, धनुषा र सप्तरी जिल्लाका प्रजिअलाई पत्र पठाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ