२ नम्बर प्रदेश पुगेर शिर्ष नेताहरु उत्रिए आरोप प्रत्यारोपमा : कस्ले के भन्यो ?

२ नम्बर प्रदेश पुगेर शिर्ष नेताहरु उत्रिए आरोप प्रत्यारोपमा : कस्ले के भन्यो ?

  • शुक्रबार, भदौ ३०, २०७४
  • मिर्मिरे अनलाइन

  • 4.7K
    SHARES

कलैया, ३० भदौ । २ नम्बर प्रदेशको चुनावी प्रचारप्रसारमा पुगेको प्रमुख दलका शिर्ष नेताहरु नै एक अर्काप्रति आरोप प्रत्यारोपमा उत्रिएका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले एमालेका कारण संविधान संशोधन हुन नसकेको बताउनुभएको छ ।
बाराको सदरमुकाम कलैयामा नेपाली काँग्रेसले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गरिँदै उहाँले एमाले मधेश र मधेशी जनताको विपक्षमा रहेको आरोप लगाउनुभयो ।

उहाँले ढिलै भए पनि तराई–मधेशका जनताको अधिकार सुनिश्चित गर्नका लागि संविधान संशोधन गरेरै छाड्ने दृढता व्यक्त गर्नुभयो ।

नेपाली काँग्रेसका सभापतिसमेत रहनुभएका देउवाले एमाले पाटी मुलुकमा विखण्डन ल्याउन खोजेको कुरा मधेसका जनता बुझिसकेको बताउँदै मधेशी जनताको अधिकार प्रवद्र्धनका लागि काँग्रेसका उम्मेदवारलाई विजयी गराउन सबै मतदातामा आग्रह गर्नुभयो ।

मेलमिलापको राजनीति त्यागेर एमालेले बिखण्डनको राजनीति गरिरहेको बताउँदै उहाँले संविधान संशोधन गराएरै छाड्ने प्रतिवद्धता ब्यक्त गर्नुभयो ।

करिब ३ मिनेट मात्र सम्बोधन गरेका प्रधानमन्त्री देउवाले मधेशबाटै जन्मिएकाले कांग्रेसले मात्र मधेशी जनताको भावना बुझ्ने दावी गर्नुभयो ।

उता पर्साको पोखरीया नगरपालिकामा आयोजित सभालाई सम्बोधन गर्दै कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले आर्थिक विकास र समृद्धिको नेतृत्व नेपाली कांग्रेसले गर्ने बताउनुभएको छ ।

देशको विकासका लागि कांग्रेसको नेतृत्व अपरिहार्य रहेको उल्लेख गर्दै नेता पौडेलले विकास र समृद्धिको परिकल्पना र कार्यक्रम कांग्रेससँग मात्र भएको दावी गर्नुभयो । नेता पौडेलले सबैको मुहारमा खुशी ल्याउन स्थानीय निकायमा कांग्रेसको जित आवश्यक रहेको बताउनुभयो ।

यसैबीच बाराको जितपुर–सिमरा उपमहानगर पालिकामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै एमाले अध्यक्ष केपी ओलीले कांग्रेस–माओवादी केन्द्रले मुलुकलाई निकास दिन नसक्ने बताउनुभयो ।

चुनावी प्रचारप्रसारको अन्तिम दिन मात्र तराई झरेका ओलीले मुलुकको सम्बृद्धिका लागि एमाले एकमात्र पार्टी रहेको दावी गर्नुभयो ।

संविधान संशोधन मधेश र मधेशी जनताको हितमा नरहेको बताउदै उहाँले बाहिरी चासो अनुसार संशोधन प्रस्ताव आएकाले समर्थन नगरेको जिकिर गर्नुभयो ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ