काठमाडौं, ३० भाद्र । तेस्रो चरणको स्थानीय तह निर्वाचनमा आचारसंहिता विपरितका कार्य गरेको भन्दै निर्वाचन आयोगले एमाले र माओवादी केन्द्रका उम्मेदवारसँग स्पष्टिकरण माग गरेको छ ।
चुनावी प्रचारप्रसारमा आचारसंहिताको उल्लंघन गरेको भन्दै निर्वाचन आयोगले बारा जितपुर–सिमरा उपमहानगरका प्रमुख पदका एमाले उम्मदवार कृष्ण पौडेल र बाराको पर्सौनी गाउँपालिकामा माओवादी केन्द्रका अध्यक्ष पदका उम्मेदवार विनोदप्रसाद जैसवाललाई २४ घण्टाभित्र स्पष्टिकरण पेश गर्न निर्देशन दिएको हो ।
एमालेका उम्मेदवार पौडेल नेतृत्वमा सिमरा विमानस्थलमा सयौंका संख्यामा नेता तथा कार्यकर्ताले चुनाव चिन्ह अंकित टिसर्ट, टोपी, गम्छा लगाएको तथा तोकिएको मापदण्ड भन्दा ठुलो आकारको पार्टीको झण्डा सहितर्को याली निकालेको भन्दै आयोगले स्पष्टिकरण माग गरेको छ ।
त्यस्तै माओवादी केन्द्रका जैसवालले चुनाव चिन्ह अंकित टिसर्ट, भेष्ट, टोपी, गम्छा लगाएर तोकिएको भन्दा ठुलो आकारमा पार्टीको झण्डा सहितर्को याली निकालेर आचारसंहिता उल्लंघन गरेको भन्दै आयोगले स्पष्टिकरण माग गरेको छ ।
आयोगले निर्वाचन आचार संहिता उल्लंङ्घन गरेवापत दुवै उम्मेदवारको उम्मेदवारी रद्ध गर्न नपर्नुको कारण पेश गर्न निर्देशन दिएको छ ।