पोखरालाई खेलकुदको शहरको रुपमा विकास गर्ने सरकारको तयारी

पोखरालाई खेलकुदको शहरको रुपमा विकास गर्ने सरकारको तयारी

  • शुक्रबार, भदौ ३०, २०७४
  • मिर्मिरे अनलाइन

  • 18.6K
    SHARES

पोखरा, ३० भदौ । युवा तथा खेलकुद मन्त्रालयका सचिव महेशप्रसाद दाहालले पोखरालाई खेलकुद शहरको रुपमा विकास गर्न मन्त्रालयले वजेट विनियोजन गर्न लागेको बताएका छन् ।

सहारा क्लब पोखराको १९ औँं वार्षिकोत्सव तथा १० औँं अधिवेशनको आज उद्घाटन गर्दै उहाँले खेलकुद शहर बनेपछि पोखरा दक्षिण एशियामै खेलकुद हबको रुपमा विकास हुने विश्वास व्यक्त गरे ।

सचिव दाहालले निजी क्षेत्रसँग हातेमालो गर्दै खेलकूद क्षेत्रको विकास गर्न मन्त्रालय तयार रहेकोे बताउँदै पोखरा रंगशालामा एक वर्ष भित्रमा आधुनिक खालको स्टेडियम र डोमसेट कभर्डहल निर्माण गरिने धारणा व्यक्त गरे ।

सो अवसरमा क्लबद्वारा सञ्चालित सहारा खेलकूद पत्रकारिता पुरस्कारबाट पत्रकार सुरज श्रेष्ठलाई सम्मान गरिएको थियो । पुरस्कारको राशी रु १५ हजार ५५५ रहेको छ ।

पुरस्कृत व्यक्ति श्रेष्ठले प्राप्त गरेको पुरस्कारको राशीमा रु चार हजार ४४५ थप गरी रु २० हजार पु¥याएर क्लबद्वारा सञ्चालित सहारा एकेडेमीको अक्षयकोषमा राखिदिने घोषणा समेत गरे ।

त्यस्तै राष्ट्रिय फुटबल टिमका पूर्व कप्तान अनिल गुरुङलाई पनि सो अवसरमा सम्मान गरिएको थियो ।

क्लबका अध्यक्ष वीरभद्र आचार्यको अध्यक्षतामा भएको सो कार्यक्रममा पोखरा उपत्यका नगर विकास समितिका अध्यक्ष सुन्दरकुमार श्रेष्ठ, नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मी, वरिष्ठ पत्रकार नारायण कार्की ,उद्योगपति सूर्यबहादुर केसी, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष यमबहादुर गुरुङलगायतका वक्ताले पोखरामा स्पोट्र्स एकेडेमीको खाँचो औंल्याएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ