भोट तान्ने अन्तिम कसरत : आज कुन नेता कहाँ ?

भोट तान्ने अन्तिम कसरत : आज कुन नेता कहाँ ?

  • शुक्रबार, भदौ ३०, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.7K
    SHARES

काठमाडौं,भाद्र ३० ।
प्रदेश २ को स्थानीय चुनावको मौन अवधि सुरु हुनुअघि प्रमुख दलहरू आ–आफ्ना पार्टीका ठूला सभा र कार्यक्रम गर्दै छन् । उम्मेदवारी दर्तापछि सबैजसो दलका केन्द्रीय नेता पालौपालो तराई झरेर मत मागिरहेका छन् । अन्तिमपटक मत माग्न शुक्रबार सबै प्रमुख दलका शीर्ष नेता विभिन्न जिल्लामा हुने सभामा सहभागी हुँदै छन् । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा शुक्रबार वीरगन्ज महानगर र बाराको कलैयामा सम्बोधन गर्दै छन् । उनले बिहीबार रौतहट र सर्लाहीमा सम्बोधन गरे । 

झन्डै एक सातादेखि मत माग्दै हिंडिरहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अन्तिम चुनावी सभाका रूपमा शुक्रबार सर्लाहीमा हुने तीन सभालाई सम्बोधन गर्नेछन् । उनी शुक्रबारै रौतहट र पर्साका एक/एक सभामा पनि भाग लिँदै छन् । राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलमा रहेका मुख्य नेताहरू दैनिक प्रचारमा व्यस्त छन् । उनीहरू पनि शुक्रबार ठूला सभा गर्दै छन् । महन्थ ठाकुर सर्लाहीका सभामा हुनेछन् । राजेन्द्र महतो सप्तरीका कार्यक्रममा सहभागी हुनेछन् । वीरगन्ज महानगरमा हुने सभा र कार्यक्रममा शरतसिंह भण्डारी खटिएका छन् ।

संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले सिरहाका कार्यक्रममा सम्बोधन गर्ने कार्यक्रम छ । बिहीबार साँझसम्म वीरगन्ज भेलामा सहभागी यादव शुक्रबार सिरहाका आधा दर्जन कार्यक्रममा सहभागी हुनेछन् । -कान्तिपुरबाट 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ