कमल सरगम
काठमाण्डौ।
नेपालीहरुको महान पर्व बिजय दशमी तथा सुभ दिपावली २०७४ को हार्दिक शुभकामना सहित कल्पना म्यूजिक प्रालिको प्रस्तुतिमा चर्चित गायक तथा सर्जक कृष्ण रेउलेको दशैँ तिहार गीत “परदेशीको दशैँ तिहार”बजारमा आएको छ ।कृष्ण रेउलेको लय तथा शब्द सृजनामा बजारमा आएको गीतमा अभिनय पनि कृष्ण रेउले र करिश्मा ढकालले गरेकी छिन् ।
“यस्तो हालत पारेको कल्ले हो
मत भन्छु राजनीति दलले हो”
देशको बास्ताबिक्तालाई गीतमा उनेर बजारमा ल्याइएको यस दशैँ तिहार बिशेष गीतमा पछिल्लो घटना क्रमलाइ मुख्य रुपमा हेरिएको देखिन्छ ।
देश र जनताको पिडा समेटिएको यस गीतको म्यूजिक भिडियोको निर्देशन भने प्रविन भट्टले गरेका हुन् ।करण चैसिरको छायांकनमा तयार भएको म्यूजिक भिडियको सम्पादन पनि प्रविन भट्टले गरेका हुन् ।
भिडियो:
[youtube https://www.youtube.com/watch?v=UNOvUwlhPvU]