२ दशक संगीत क्षेत्रमा आफ्नो जीवन अर्पेका संगीतकार तथा गायक कमल सौरागको एकल साँझ भब्य रुपमा सम्पन्न हुदै

२ दशक संगीत क्षेत्रमा आफ्नो जीवन अर्पेका संगीतकार तथा गायक कमल सौरागको एकल साँझ भब्य रुपमा सम्पन्न हुदै

  • बुधबार, भदौ २८, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.9K
    SHARES

कमल सरगम
काठमाण्डौ।
नेपाली गीत संगीतमा बिगत २ दशक देखि गायन/संगीत/शब्द र एरेन्ज हुदै मोडलिङ क्षेत्र सम्म पाईला टेकेका बहुप्रतिभाका धनि चर्चित गायक तथा एरेन्जर कमल सौरागको पहिलो एकल साँझ हुने भएको छ ।असोज २८ गते हुने कार्यक्रम सौरागकै गृह जिल्ला अर्घाखाँची जिल्ला समोनाब्य समितिको सभागृहमा सम्पन्न हुदै छ। उक्त कार्यक्रममा अर्घाखाँची देखि देशभरका कलाकारहरुको उपस्थिति संगै सौरागकै गीतहरु कलाकारहरुको आवाजमा सुनाईने जानकारी आएको छ ।गरिब/पिछाडिएका जाति वर्ग का लागि सहयोगार्थ सम्पन्न हुने कार्यक्रममा सौरागको गीत संगीत मात्र हैन उनको बारेमा सिंगो सांगीतिक यात्रानै प्रस्तुत हुने छ ।लामो समय देखि गीत संगीतलाई आफ्नो पेशा बनाए पनि खुलेर दर्शक श्रोताको बिचमा जाने समय नमिलेको भन्दै सौरागले भने “यो मेरो लागि एउटा सुबर्ण अवसर हो भने आम दर्शक श्रोतको लागि पनि अर्को अवसर हो ,संगै बसेर रमाईलो गर्ने मौका यो पटक आफ्नै गृह जिल्लामा पाउदै छु यो भन्दा खुसीको सिमा कुन बेला रहला”।राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान अर्घाखाँचीको आयोजनामा हुने कार्यक्रममा अर्घाखाँचीको बिभिन्न क्षेत्रलाई बिकासमा लाने हेतुले यस कार्यक्रम गर्न लागिएको आयोजक टिमले जानकारी दिएको हो ।सौराग भन्नु हुन्छ “अब अर्घाखाँचीलाई विकासमुखी,सृजनात्मक/कला/सस्कृति र पुराना लोक सस्कृति र लोक संगीत/परम्परालाई यथावत राखी नया आधुनिक ढंगबाट केहि सामाजिक र आर्थिक बिकाशको लागि चेतना मुकल काम संगीत बाटै हुने र यो हामीलेनै गर्नु पर्ने भएको हुदा यो अभियानमा मैले एकल साझ गर्न लागेको हु यसमा साथ् दिन सिंगो अर्घाखाँची बासि र देशभरका नेपाली दाजुभाई दिदीबहिनीको सपोर्ट रहने छ”।संगै आयोजक टिम राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान अर्घाखाँचीका अध्यक्ष सहयोगी बिसीले भने “यो कार्यक्रम हाम्रो जिल्लाको कलाकारको नभएर सिंगो राष्ट्रको गहना मानिएका लोकप्रिय गायक तथा एरेन्जर कमल सौरागको सृजनाको सम्मानको लागि गरिने कार्यक्रम हो ।जसले गर्दा हामीले सम्मान गर्नुपर्ने व्यक्तिलाई सबैले सपोर्ट गर्ने हो भने हाम्रो मौलिकता/सस्कृति र सिंगो अर्घाखाँचीको नाम विश्वमा चम्किने छ त्यसैले यी चम्किला तारालाई हामीले सम्मान स्वरूप एकल साझामा उभ्याउन खोजेका हौ”।संगै आयोजक टिम भित्रै रहेका अर्घाखाँची कलाकार समाजका अध्यक्ष मधुसूदन बन्जाडेले भने “हामीले लाखौ बर्ष सम्म पनि बिर्सन नसकिने नाम जो अर्घाखाँची जिल्लाकै पहिलो कलाकारको रुपमा चिनिने कमल सौरागको एकल साझ जसले अर्घाखाँचीकै प्रचलित मठ मन्दिर देखि बिभिन्न प्राकृतिक स्थलहरुलाई समाबेस गरेर गीतमा प्रस्तुत गरि अर्घाखाँचीको नाम उच्च ठाउँमा पुर्याएको भएर पनि उहाको सम्मान हामीले गर्नु जरुरि छ सिंगो अर्घाखाँची बासीले अहिले छाती फुल्याएर मेरो अर्घाखाँची भन्ने ठाउँ कमल सौरागले बनाएको छन त्यसैले पनि उहाको यो कार्यक्रम सम्पन्न गर्न तिर हामी लागिरहेको छौ तयसैले सबै सहयोगी मनहरुले सपोर्ट गर्नुहुने छ”।
सौरागको कार्यक्रमको पूर्ण सफलताको कामना गर्दछौ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी