काठमाडौँ । नायिका बेनिशा हमालको प्रेम वियोगको कथा बाहिरिएको छ । जुन उनको वास्तविक जीवनको नभई गायक तथा संगीतकार तुला पर्वतको स्वर र संगीत रहेको गीत पिउिँदा पिउँदै फाट्यो जिन्दगीमा बेनिशाको असफल प्रेम कथालाई नजिकबाट देखाइएको छ ।
गीतले चोखो माया भित्रको सर्मपणका भावनालाई नजिकबाट केलाएको छ । प्रेम प्राप्ती मात्रै होइन त्याग पनि हो भन्ने सन्देश दिन खोजेको गीतलाई निर्देशक युवराज वाइवाले निर्देशन गरेका हुन् ।
गीतकार झकेन्द्र शर्माका शब्द शृजनामा तयार गीतको भिडियोमा अभिनयमा बेनिशालाई गायक तथा संगीतकार तुला पर्वत स्वयमले साथ दिएका छन् । निशान घिमिरेले सम्पादन गरेको भिडियोको छायांकन उत्सब दाहालले छायांकन गरेका हुन् भने किरण कँडेलको एरेन्ज रहेको छ । भिडियोलाई वाइड स्क्रिन मिडियाले बजार ब्यबस्थापन गरेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline