काठमाडौं २६ भदौ।
निर्वाचन अयोगले आगामी मंसिर महिनामा हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन कार्यक्रम स्विक्रित गरेको छ ।
प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवको अध्यक्षतामा आज बसेको आयोगको बैठकले आगामी प्रतिनिधि सभा निर्वाचन दुई चरणमा हुने भए पनि मतदान केन्द्रहरुमा रहेको मतपेटिका आइपुग्ने बित्तिकै मतगणना सुरु हुने पनि बताएको छ ।
अब पहिलो चरणको निर्वाचनको मतपरिणाम आइसकेपछि दोस्रो चरणको निर्वाचनका लागि मतदान हुनेछ ।
बैठकले निर्वाचनको लागि २०७४ मंसिर १० गते आइतबार र २०७४ मंसिर २१ गते बिहीबारको दिन बिहान ७ बजे देखि ५ बजेसम्म मतदानको समय निर्धारण गर्ने निर्णय समेत गरेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline