दुई नम्बरमा काँग्रेस ठूलो दल बन्नेमा शंका छैन :नेता निधि

दुई नम्बरमा काँग्रेस ठूलो दल बन्नेमा शंका छैन :नेता निधि

  • सोमवार, भदौ २६, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

महेन्द्रनगर (धनुषा), २६ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य विमलेन्द्र निधिले प्रदेश नम्बर २ मा नेपाली काँग्रेसले प्रस्टरुपमा नै जित हासिल गर्दै ठूलो दल बन्नेमा कुनै शंका नरहेको बताउनुभएको छ । 

नेपाली काँग्रेस प्रचारप्रसार समिति, मिडिया सेन्टर धनुषाले जनकपुरमा आज आयोजना गरेको पत्रकार सम्मेनलमा दुई चरणको चुनावमा काँग्रेस दोस्रो पार्टीको रुपमा आएपनि तेस्रो चरणको चुनावमा काँग्रेसको पक्षमा जनलहर देखिएकाले चुनावमा ठूलो दल बन्ने दाबी गर्नुभयो ।

नेता निधिले काँग्रेसबीच कुनै विवाद नरहेको स्पष्ट पार्दै एकजुट भएर सबै नेता कार्यकर्ता निर्वाचनमा लागेको बताउनुभयो ।

नेपाली काँग्रेसले मधेश मुद्दा समाधान गर्न अग्रणी भूमिका निर्वाह गरेको बताउँदै मधेशी जनताको भावनाअनुसार संविधानलाई सर्वस्वीकार्य बनाउने कार्यका लागि नेपाली काँग्रेसकै नेतृत्वको आवश्यकता रहेकोे दाबी गर्नुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ