काठमाडौं ,भाद्र २६ ।
निर्वाचनको मुखमा मन्त्रीपरिषद बिस्तार गरेको भन्द निर्वाचन आयोगले आप्पती जनाएको छ ।
प्रमुख निर्वाचन आयुक्त अयोधी प्रसाद यादवले २ नम्वर प्रदेशमा स्थानीय तहको निर्वाचन आउन करिव १ साता मात्रै बाँकी रहेका वेला सरकार विस्तार गरेर सरकारले निर्वाचन आचारसंहिताको ठाडो उल्लंघन गरेको आरोप लगाउनुभयो ।
निर्वाचन शान्तिपुर्ण रुपमा गराउने र आचारसंहिता कार्यन्वयन गर्नुपर्ने महत्वपुर्ण सरकारी निकायबाट नै विधी र प्रक्रीयाको उल्लंघन भएको यादवको भनाई छ ।
प्रमुख निर्वाचन आयुक्त यादवले निर्वाचनको मुखमा मन्त्रीपरिषद विस्तार गरेर सरकारले आचारसंहिता विपरितको काम गरेको भन्दै यो विधी र प्रक्रीयाको ठाडो उल्लंघन भएको बताउनु भयो ।
मन्त्रीपरिषद विस्तार कार्य निर्वाचन आचारसंहित विपरित भएपनि सो कार्य विरुद्धको कारवाही भने नहुने निर्वाचन आयोगले जनाएको छ ।
निर्वाचन आयुक्त इश्वरी पौडेलले आचारसंहितमा मन्त्रीपरिषद विस्तार गर्न नपाईने विषय उल्लेख नभएको बताउनुभयो ।
यद्यपी २ नम्वर प्रदेशमा स्थानीय तह निर्वाचन आउन केहीदिन मात्रै बाँकी रहँदा मन्त्रीपरिषद विस्तार कार्यले राम्रो सन्देश नगएको पौडेलको भनाई छ ।