काठमाण्डौ, भदौ २५ । नेपाल कम्युनिष्ट पार्टिका महासचिव नेत्रविक्रम चन्द बिप्लवले मुलुकमा पुजिवादी संसदीय व्यवस्था नढेलेसम्म जनता अधिकारसम्पन्न हुन नसक्ने स्पष्ट पार्नुभएको छ । अधिकारकालागि क्रान्ति नै अब एकमात्र बिकल्प भएको विप्लवको भनाई छ ।
नेपाल प्रज्ञा प्रतिष्ठान भवन कमलादीमा पार्टिले आयोजना गरेको ध्रुविकरण कार्यक्रमलाई सम्बोधन गर्दै विप्लवले क्रान्तिको मार्गमै नेकपा अघि बढिरहेको बताउनुभयो ।
विप्लवले आफुहरुले मुलुक र जनताको हितको लागि नै शान्तिको बाटो रोजेको स्पष्ट पार्नुभयो । जनताकोे सर्वोपरी हितका लागि सधै प्रतिवद्ध रहन उहाँले कार्यकर्तालाई निर्देशन दिनभयो ।
मुलकमा भएको स्थानिय तहको निर्वाचन र हुँदै गरेको प्रदेश र प्रतिनिधी सभा निर्वाचनलाई र्इंगित गर्दै विप्लवले निर्वाचन हुँदैमा जनताको जिवनस्तर सुध्रन सक्दैन भन्नुभयो ।
हालको अवस्थामा हुने निर्वाचनले भ्रष्टाचार,गुण्डागर्दि र कालोबजारी झन बढ्ने र पुँजिवादीहरु हाबि हुने बताउनुभयो । राजनितिक दलकै आडमा अमानवीय कृयाकलाप बढेकोपनि बिप्लवको बुझाई छ ।
यस्तै विप्लवले माओवादी केन्द्रले अहिले क्रान्तिकारी पार्टिहरुको ध्रुविकरणको आवश्यकता महशुस गरेपनि उ आफैमा अब क्रान्तिकारी नरहेको टिप्पणी गर्नुभयो । माओवादी केन्दपनि संसदीय व्यवस्थाको संरक्षक भएको उहाँको भनाई छ ।
महासचिव विप्लवले दलाल संसदीय व्यवस्थाका पछाडि लागि रहे राज्यको शुरक्षा निकाय समेत असफल हुने बताउनुभयो । आफुहरुको क्रान्तिमा नेपाली सेनाले समेत अन्तः साथ दिने विश्वास उहाँले व्यक्त गर्नुभयो ।
त्यस्तै फरक प्रसङमा महासचिव बिप्लवले मुलककै प्रधानमन्त्रीले हालैको भारत भ्रमणका क्रममा राष्ट्रलाई अहित हुने गरि सम्झौता गरेको भन्दै आपत्ति जनाउनुभयो । राष्ट्रघाति सम्झौताको सधै भण्डाफोर गर्ने भन्दै नेताहरुले पद र प्रतिष्ठाकै लागि राजनिती गरिरहेका बिप्लवले बताउनुभयो ।
डार्फुर काण्डका दोषी नेपाली प्रहरीका तीन भ्रष्टचार आईजीपी (प्रहरी महनिरीक्षक) जेलमा कैद भोगिरहेको प्रसंगमा बोल्दै प्रहरी संगठनलाई भ्रष्टचारीको रुपमा बद्नाम बद्नाम गराउने तत्कालीन गृहमन्त्री कृष्ण सिटौलालाई उन्मुक्ति दिइराख्नु दलाल संसदीय व्यवस्थाको परिचायक भएको बताए । स्वाधीनताको रक्षा र समाजलाई समृद्धमा बदल्ने क्रान्तिकारीलाई दमन र झुठा मुद्दाको अभ्यास समेत नगर्न महासचिव अपिल गरे ।
आफ्नै कमाण्डरलाई भ्रष्टचारमा जेल हाल्ने अदालतको दृष्टि भ्रष्टचारका मुख्य नाइकेप्रति नपुगेको कुरा प्रहरी नै टुलुटुलु हेर्नु परिरहेको अवस्था बन्नु दलाल राजनीतिको पराकाष्ठ भएको बताए । ‘नेपाली प्रहरीका तीन आईजी भ्रष्टचार गरेर जेलमा छन् । तर भ्रष्टचारका फाइल सदर गर्ने गृहमन्त्री कृष्ण सिटौला बंगलामा छन् । यस्तो पनि सभ्य समाजको कानून हुन्छ ? त्यसैले सरकारले मानेको संविधान दलालहरुको संविधान हो’ महासचिव विप्लवले भने ।
दलाल संसदीय व्यवस्था रहिञ्जेलसम्म चुडामणि शर्मा जस्ता पात्रले उन्मुक्ति पाइराख्ने बताए । अर्को प्रसंगमा प्रहरीले समात्ने सुन कहाँ जान्छ नागरिक थाहा दिँदैनन्, किन ? भ्रष्ट नेताहरुको संरक्षणमा त्यो गायब बनाइन्छ । चुनाव खर्च जुटाउन सुन तस्कर भयो भन्ने पनि तिन नेताहरु हुन्छन्, सभ्य समाजको कुरा गर्न लाग्दैन ?’ उनको भनाई थियो ।
अहिलेको संविधानमा इमान्दार र सच्चा देशभक्त प्रहरीको भविष्य नरहेको उल्लेख गर्दै क्रान्तिकारी शक्तिलाई साथ दिन आग्रह गरे । ‘क्रान्तिकारीहरु गाउँशहर घुमिरहेका बेला भ्रष्टचारीहरु दुलोमा लुक्ने र सुरक्षा घेरामा बस्ने गरेका छन् । यहाँ हजारौं लोकमानहरु देखिरहेका छौं । तिनीहरु एकदिन क्रान्तिको फन्दामा पर्नेछन्’ उनले भने । बेलैमा क्रान्तिलाई बुझेर गल्ती स्वीकार्दै जनतासामू उभिन पनि उनले आग्रह गरे ।
कार्यक्रमा क्रान्तिकारी माओवादीका सल्लाहकार झपेन्द्रराज वैद्य, नयाँ शक्तिका केन्द्रीय सदस्य बाबुलाल पासवान, माओवादी केन्द्रका केन्द्रीय सदस्य कृष्ण विक, गणेश रेग्मी, एमालेका श्रीकृष्ण बस्नेत, जमुक्ति पार्टीका मोहनसिंह सारुलगायत दुई सयभन्दा बढी नेता नेकपामा प्रवेश गरेका छन् ।
नेकपाले भदौदेखि कार्तिक महिनासम्म जनप्रतिरोध अभियान संचालन गरिरहेको छ । साथै उनले दलाल संसदीय व्यवस्थाका सरकारले गर्ने सबैखाले चुनाव खारेज गरिने स्पष्ट पारे । र, देशमा क्रान्ति अगाडि बढिसकेको र दमनको योजना त्याग्न सरकारलाई चुनौति दिए ।