हेर्नुस् फिक्कामा राधिका घिमिरेको नयाँ रुप

हेर्नुस् फिक्कामा राधिका घिमिरेको नयाँ रुप

  • शनिबार, भदौ २४, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.3K
    SHARES

काठमाण्डौ । वास्तविक गाँउ र गरिवीको कथालाई उठाएर तयार पारिएको पारिवारीक प्रेमकथाको चलचित्र फिक्काको आज काठमाण्डौमा एक कार्यक्रमको साथ ट्रेलर रिलिज गरिएको छ । नेपाल चलचित्र निर्देशक समाजकी अध्यक्ष एंव नेपालको पहिलो महिला निर्देशक सुचित्रा श्रेष्ठ र चलचित्र सम्पादक नहकुल खड्काको निर्माणमा बनेको चलचित्रको प्रस्तुतकर्ता एनआरएन जापानका अजय सुनार रहेका छन् । चलचित्रलाई युवा निर्देशक जनक खड्काले निर्देशन गरेका छन् । ट्रेलरमा एक कलाकारको अन्धोपना, गरीवी, आमाको माया र प्रेमकथालाई फरक तरिकाले प्रस्तुत गरिएको देख्न सकिन्छ ।

मंसिर १ गतेबाट नेपालभर रिलिज हुन लागेको यस चलचित्र विदेशमा भने शो सुरु भैसकेको छ यस अघि जापानमा भएको शो दर्शकले मन पराएपछि जापानमा थप ५ शो हुन लागेको नायक समेत रहेका प्रस्तुतकर्ता अजय सुनारले बताए भने युरोप र अमेरिकाका शहरहरुमा समेत चलचित्रको शो बुक भैसकेको बताईएको छ ।

रिता खाति सुनारको लेखन तथा एन.बी. अन्जानको कला निर्देशन रहेको चलचित्रमा एन आर एन अजय सुनार, राष्ट्रिय मार्सलआर्ट खेलाडी एंव रेडियोकर्मी दुर्गाराज पाण्डे, मोडल सर्मीला नेपाल, सञ्चारकर्मी राधिका धिमीरे , ईश्वरी बराल, मुस्कान काप्री लगायतको अभिनय रहेको छ ।
चलचित्रलाई राजु श्रेष्ठले सम्पादन, अनन्त धिमीरेले कलर करेक्सन, अमित श्रेष्ठले व्याकग्राउण्ड म्युजिक एंव मिक्सिङ, नवराज भण्डारी, सुजन श्रेष्ठ,म्याक्टेन कालुले सहायक निर्दशन गरेका छन् भने शिर्ष गितमा चेतन सापकोटाले संगित एंव एन आर एन वेल्जियमका अर्जुनरत्न भिकारीको शब्दमा एन आर एन स्पेन का गायक तुलसी शिवाकोटीले यसै चलचित्रबाट चलचित्र गायनमा डेव्यु गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी