गीतकार बि एम गुरुङको सृष्टिका बिम्ब बिमोचन सम्पन्न

गीतकार बि एम गुरुङको सृष्टिका बिम्ब बिमोचन सम्पन्न

  • शनिबार, भदौ २४, २०७४
  • मिर्मिरे अनलाइन

  • 10.2K
    SHARES

कमल सरगम
काठमाण्डौ ।
गीत संगीतको बिस्तार बिकासको लागि समर्पित बिन्ध्यबासिनी म्युजिक प्रालिको आयोजनामा बि.एम गुरुङको आधुनिक गीति एल्बम “सृष्टिका बिम्ब”लोकार्पण सम्पन्न भएको छ ।राजधानीको नयाँ बानेस्वर अबस्थित इन्द्रेणी फुडल्याण्डमा सम्पन्न कार्यक्रममा बिभिन्न संगीतकर्मी /संगीत ब्यबसायी/गीतकार ,संगीतकार तथा पत्रकारहरुको बाक्लो उपस्थिति रहेको थियो। बिन्ध्यबासिनी म्युजिक प्रालिका संचालक तथा संगीत ब्यबसायी सुबास रेग्मीको सभापतित्वमा सम्पन्न कार्यक्रमका प्रमुख अतिथी भने बरिष्ठ गीतकार किरण खरेल रहनु भएको थियो । कार्यक्रममा सोहि एल्बमका संगीतकार राजेश थापाले स्वागत मन्तब्य तथा सुभकामना प्रस्तुत गरेका थिए भने गीतकार राजु सिंहले एल्बमको बारेमा आफ्नो भनाईहरु प्रस्तुत गर्दै एल्बमको सफलताको कामना सहितगीतकार बि.एम गुरुङले ल्याएको सृजना उत्कृष्ट रहेको र यस्तै सृजनाको अपेक्ष्या गरेको बताउनु भयो ।सोहि समारोहमा बिशेष अतिथिको रुपमा बरिष्ठ गीतकार तथा गायक प्रेमधोज प्रधान रहनु भएको थियो भने अतिथिको रुपमा अतिथि रामचन्द्र काफ्ले,राम सिटौला,सुमन बैरागी, किरन कंडेल, लगाएका कलाकार तथा पत्रकारहरुको उपस्थिती रहेको थियो।
गीतकार बि.एम को एल्बम भित्र समाहित् गीतहरुमा :
१ चोखो माया , २ न त तिम्रो , ३ खै कसरि बाँचुला , ४ सपना पनि देख्छु , ५ लुकेर हेर्यौ र ६ असिनाले बसन्त मै ” गीतहरु समाबेस गरिएको छ  । यी गीतमा बि.बि अनुरागी , महेश खड्का , तारा प्रकाश लिम्बु, राम सिटौला, राजेश थापा र डी आर अटुको संगीत रहेको छ भने गीतकार बि.एम गुरुङको एकल शब्द रचना रहेको छ ।

सोहि समारोहमा कम्पनि संचालक तथा संगीत ब्यबसायी सुबास रेग्मीले आफ्नो सुभकामना मन्तब्य प्रस्तुत गर्दै आगामी दिनहरुमा गीतकार  बि.एम गुरुङको सांगीतिक यात्रा अझ उचाईमा पुग्ने र यस एल्बममा रहेका सबै गीतहरु उत्कृष्ट नै रहेको बताउनु भयो । कार्यक्रमको संचालन भने नरेश भट्टराइले गरेका थिए भने कार्यक्रममा केहि गीतका म्यूजिक भिडियो समेत देखाईएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी