काठमाडौ ,२४ भदौ ।
स्पेनिस पाबलो कार्रेनो बुस्तालाई पराजित गर्दै दक्षिण अफ्रिकाका केविन एन्डर्सन युएस ओपन टेनिसको फाइनलमा प्रवेश गरेका छन् ।
आज बिहान भएको सेमिफाइनलमा २८ औं वरियताका एन्डर्सनले १२ औं वरियताका बुस्तालाई पराजित गर्दै उपाधि नजिक पुगेका हुन् ।
एण्डर्सन सन् १९६५ पछि पुरुष एकलमा युएस ओपनको फाइनलमा पुग्ने पहिलो दक्षिण अफ्रिकी खेलाडी बनेका छन् । उसले बुस्तालाई ४–६, ७–५, ६–३ र ६–४ को सेटमा हराएका हुन् ।
एन्डर्सनले फाइनलमा विश्व नम्बर एक स्पेनिस राफायल नाडाल अथवा २४ औं वरियताका अर्जेन्टीनी जुवान मार्टिन डेल पोत्रोमध्ये एक जनासँग प्रतिस्पर्धा गर्नेछन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline