काठमाडौ ,२४ भदौ ।
निर्वाचन आयोगले प्रदेश नम्बर दुईका आठ जिल्लामा हुने स्थानीय तह निर्वाचनका लागि मनोनयन दर्ता गराएका उमदेवारहरुको अन्तिम नामावली आज सार्वजनिक गर्दैछ ।
बुधबार मनोनयन दर्ता गराएका उमेदवार बिहान १० बजेदेखि ११ बजेसम्म उमेदवारको अन्तिम नामवली सार्वजनिक गर्ने तयारी भएको आयोगका प्रवक्ता नवराज ढकालले बताउनु भयो ।
आयोगले आजै दलका उमेदवारलाई चुनाव चिन्ह समेत प्रदान गर्ने जनाएको छ । दुई नम्बर प्र्देशमा निर्वाचित हुने ६ हजार ६ सय २७ पदका लागि स्वतन्त्रसहित ३८ हजार ४८ जना चुनावी प्रतिस्पर्धामा उत्रेका छन् ।
एक महानगर, तीन उपमहानगर, ७३ नगर, ५९ गाउँपालिका र एक हजार दुई सय ७१ वडामा प्रतिनिभि चयनका लागि आगामी असोज २ गते निर्वाचन हुदैछ ।
दुई नम्बर प्रदेशमा २६ लाख ६४ हजार ५ सय ५० मतदाता रहेको निर्वाचन आयोगले जनाएको छ । निर्वाचन कार्यक्रम अन्तरगत हिजो उमेदवारको नाम फिर्ताका लागि समय छुट्याएको थियो ।