काठमाडौ २३ भदौ ।
एसीसी अन्डर १९ क्रिकेट अन्तर्गत पूर्वी क्षेत्रको प्रतियोगिता खेल्न नेपाली टोली आज मलेसिया तर्फ प्रस्थान गरेको छ । मलेसियामा आजदेखि सुरु हुने प्रतियोगिताको लागि १४ खेलाडी सम्मिलित नेपाली टोली आज विहान त्यसतर्फ प्रस्थान गरेको हो ।
यसपटक १९ वर्ष मुनिको नेपाली राष्ट्रिय टोलीको कप्तानी दिपेन्द्र सिंह ऐरीले गर्दैछन् । उमेर समूहको यो टोलीमा सन्दिप जोरा, नन्दन यादव, सुमित महर्जन र विक्रमकुमार भूसालले पहिलो पटक स्थान बनाएका छन् ।
नेपाली टोलीको प्रशिक्षण बिनोद दासले सम्हालेका छन् । प्रतियोगितामा नेपाल रहेको समूह ‘ए’ मा सिंगापुर, थाइल्यान्ड र भुटान छन् ।
समूह ’बी’मा आयोजक मलेसियासँगै हङकङ, चीन र म्यानमार रहेका छन् । फाइनलमा पुग्ने दुई टोली एसीसी यूथ नाईन्टिन एसिया कप क्रिकेटमा छनौट हुनेछन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline